Logo

Hello NEw

कार्यालयमै घुस लुकाउने डिभिजन प्रमुख पक्राउ



काठमाडौं, ७ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले सिचाइ डिभिजन कार्यालय पाटन बैतडीका प्रमुख सुरेशराज भट्टलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

घुस लिएको भन्ने सूचनाको आधारमा अख्तियारले भट्टलाई घुस रकमसहित पक्राउ गरेको हो । खानतलासी गर्दा उनले लिएको घुस कार्यालयमै लुकाएर राखिएको अवस्थामा भेटिएको जनाएको छ ।

भट्टले चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घुस लिएको खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्