Hello NEw
‘हातमा अण्डा घरमा झण्डा’
बागलुङ, ८ फागुन । वालिङ नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण सुरु गरेको छ । वडा कार्यालयले वडाभित्रका ११७ सुनौला हजार दिनका आमा र शिशुको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक÷एक क्यारेट अण्डा वितरण गरिएको वडाकार्यलयले जानकारी दिए ।
अण्डा र झण्डा वितरण अभियानले वडाभित्रका गर्भवती महिलालाई नियमित गर्भजाँच गर्न उत्प्रेरणा जाग्नुका साथै स्वास्थ्य र पोषणसम्बन्धी सचेतना जगाउन सहज भएको जनाएको छ । नियमित स्वास्थ्यचौकीमा आएर स्वास्थ्य जाँच गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य तथा पोषणस्थितिमा सुधार आउने विश्वास लिएको छ ।
गर्भवती तथा जन्मिने शिशुको पोषण स्थितिमा सुधार ल्याउन यो कार्यक्रम प्रभावकारी रहेको वालिङ नगरपालिकाले जानकारी दिए। गर्भवती महिलालाई ‘प्रोटोकल’ अनुसार गर्भ जाँच गर्न आउँदा अण्डा वितरण गर्ने थालनी वडाले गरेको हो ।
‘हातमा अण्डा घरमा झण्डा’ अभियानअन्तर्गत गर्भवतीको घरमा रातो झण्डा र बच्चा जन्मेदेखि दुई वर्षसम्मको घरमा हरियो झण्डा राख्न थालिएको छ । अभियानले गर्भवतीले नियमित स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने बानीको विकास विश्वास राखिएको छ ।
