Hello NEw
सञ्चारमन्त्रीको अपशब्दमाथि निजामती कर्मचारी युनियनको आक्रोश
काठमाडौं, ८ फागुन । सूचना, संचार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारीलाई लिएर गरेको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कमिटीले खेद प्रकट गरेको छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा मन्त्रीको अडियो सार्वजनिक हुँदा बोलेको अपशब्दको बारेमा नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कमिटी आपत्ति जनाएको हो ।
सार्वजनिक भएको अडियोमा मन्त्री बाँस्कोटाले कर्मचारीलाई दुई ठाउँमा अश्लिल शब्द प्रयोग गरेर बोलेको सुनिन्छ।
