Hello NEw
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोबोटबाट सेवा
काठमाडौं, ९ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रोबोट मार्फत यात्रुलाई सेवा दिन थालिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिहीबार एक कार्यक्रमबीच रोबोट सेवाको उद्घाटन गरेका हुन् ।
योगेश भट्टराई, मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उडड्यान मन्त्रालय मन्त्री भट्टराईले रोबोट सेवा प्रभावकारी भएमा निर्माण हुँदै गरेका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा समेत स्थापित गर्ने बताए । रोबोटको सञ्चालन मन्त्रालय, नेपाल भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन वोर्ड र नेपाल नागरिक उड्डयान प्राधिकरणको संयुक्त प्रयासमा गरिएको हो । रोबोटको लागत प्रतिरोबोट २० लाख रुपैयाँ रहेको छ ।
पर्यटन परी नाम दिइएको दुईवटा रोबोटहरुले बिमानस्थलमा यात्रुलाई अभिवादन गर्ने काम गर्नेछन् । त्यस्तै रोबोटमा सेट गरिए अनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गराउने छन् । रोबोटहरु विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिने छ । रोबोटहरुले अंग्रेजी र चिनियाँ भाषमा संवाद गर्ने र पर्यटकहरुलाई नेपालका पर्यटन गन्तव्य भिषा प्रक्रिया लगायतका विषयमा जानकारी गराउने छन् ।
