Hello NEw
बसोबासका लागि अयोग्य काठमाण्डौ उपत्यका !
काठमाडौं, ९ फागुन । वायु प्रदूषणका कारण काठमाडौं उपत्यका बसोबास लागि अयोग्य ठहरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हावाको गुणस्तर सूचकाङ्क अक्वा १ सय ४० सम्म मानिस बस्न योग्य हुने भए पनि अहिले रत्नपार्क आसपासमा अक्वा १ सय ६६ रहेको वातावरण विभागले जनाएको छ ।
उपत्यकाभरिकै हावाको गुणस्तर सुचङ्का अक्वा औषतमा १ सय ४० भन्दा धेरै रहेको वातावारण विभागले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनले मानिस बस्न हावाको गुणस्तर सुचाङ्क अक्वा १ सय २५ हुनुपर्ने र १ सय १४ सम्म बस्न सकिने तोकेपनि काठमाडौको भने अक्वा १ सय ६६ पुगेको हो । जल तथा मौसम पूर्वानूमान महाशाखाले सतहको हावा तात्नेगरी घाम नलागी वा पानी नपरी तुवाँलो नहट्ने जनाएको छ ।
प्रदूषित हावाका कारण मानिसमा मुटु रोग, दम तथा खोकी तथा फोक्सोको क्यान्सर समेत हुने खतरा रहन्छ । बाहिर निस्कदा मास्क प्रयोग गर्न डाक्टरहरुको सुझाव छ ।
