Hello NEw
लोक सेवा आयोगको वार्षिक प्रतिवेदन भनेको के हो ? प्रतिवेदनमा के–कस्ता विषयलाई समावेश गरिन्छ ?
प्रश्न : लोक सेवा आयोगको वार्षिक प्रतिवेदन भनेको के हो ? प्रतिवेदनमा के–कस्ता विषयहरु वार्षिकलाई समावेश गरिन्छ ?
उत्तर : लोक सेवा आयोगले हरेक आर्थिक वर्षमा गरेका कार्यहरुको विवरण समावेश गरी तयार गरिने प्रतिवेदनरपुस्तिका नै आयोगको वार्षिक प्रतिवेदन हो । नेपालको संविधानले संवैधानिक निकायको वार्षिक प्रतिवेदनमा खुलाउनु पर्ने कुराहरु संघीय कानून बमोजिम हुने व्यवस्था गरेको छ ।
हालसम्म आयोगका वार्षिक प्रतिवेदनमा देहायका विषयवस्तुहरु समावेश गर्ने गरिएको छ :
- लोक सेवा आयोगले वर्षभरीमा उम्मेदवार छनौट गर्न लिएको परीक्षाको विवरण,
- सो परीक्षामा उत्तीर्ण परीक्षार्थी सम्बन्धी विवरण
- विभिन्न निकायलाई परामर्श दिएको विवरण,
- निजामती कर्मचारीलाई विभागीय कारवाही र सजाय गर्दा दिएको परामर्शको विवरण
- परामर्श बमोजिमको काम भए नभएको विवरण,
- कुनै सरकारी सेवाको पदको नियुक्ति, बढुवा र विभागीय कारवाही गर्दा अपनाउनु पर्ने
- सामान्य सिद्धान्तको बारेमा परामर्श दिएको भए सो विवरण र भविष्यमा निजामती सेवाको विषयमा गर्नुपर्ने सुधारका विवरण
