Logo

Hello NEw

गुणकारी गाँजाका ११ फाइदा



काठमाडौं, ९ फागुन । कुनै समय नेपालमा गाँजाको बजार दक्षिण एसियाकै उत्कृष्ट मानिथ्यो । नेपालको अर्थतन्त्रमा विशेष महत्व राख्ने गाँजा खेतीमा समय क्रमसँगै प्रतिबन्ध लाग्यो । तर, पछिल्लो समय यसलाई पुनः खुला गर्नुपर्ने आवाज उठिरहेका छन् । गाँजा खेती, प्रशोधन, विक्रीवितरण र उपभोगलाई कानुनी मान्यता दिने क्रम समेत बढ्दैछ।

गाँजाको ११ महत्वपूर्ण फाइदाहरु यस्ता छन् :
१) ‘जर्नल अफ सेक्सुअल मेडिसिन’ को रिपोर्ट अनुसार गाँजा नियमित सेवन गर्नेको यौन क्षमता सेवन नगर्नेको तुलनामा बढी हुन्छ।

२) गाँजामा २ सय रसायन हुन्छन्, जसमध्ये टीएचसीले भावना परिवर्तन हुने, मुड फ्रेस गराउने र धारणा परिवर्तन गराउने काम गर्छ ।

३) डिप्रेस भएको मानिसलाई सुरुमा ‘हाई’ हुन्छन् । त्यसपछि उनीहरूलाई ‘मुड फ्रेस’ हुन्छ ।

४) गाँजाले खानेकुरामा रुचि बढाउँछ। एचआईभी एड्स लागेकाहरूलाई खानाको रुचि कम हुन्छ, उनीहरूलाई खानाको रुचि बढाउन पनि गाँजा सहयोगी हुन्छ भन्ने धारणा छ ।

५) पाचन प्रणाली राम्रो हुन्छ। छारेरोगीलाई पनि फाइदा पु¥याउँछ ।

६) क्यान्सरमा किमोथेरापीपछि हुने वान्तालाई पनि यसले कम गर्छ भन्ने मान्यतता रहि आएको छ ।

७) ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोग उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानले देखाएको छ ।

८) शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ ।

९) निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्याजस्ता रोग निको पार्न गाँजाको औषधि प्रयोग हुँदै आएको छ ।

१०) गाँजाको कण मिसाएर तयार पारिने ‘लक्ष्मीविलास रस’ नाकबाट पानी बग्ने रोगमा अचुक ओखती मानिन्छ ।

११) बिरामी लठ्याउन वा उसको पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा गाँजा प्रयोग हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्