Hello NEw
खतिवडाद्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण
काठमाडौं, ११ फागुन । अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।
सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटाले राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी पाएका खतिवडाले आइतबार जिम्मेवारी सम्हालेका हुन् । पदभार ग्रहण कार्यक्रममा मन्त्री खतिवडाले सरकारी सञ्चार माध्यम देशभरीका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन दिए ।
मन्त्री खतिवडाले लोकतन्त्र बलियो बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताए । सरकारले गरेका राम्रा र नराम्रा दुबै कामहरु जनतामाझ पु¥याउने जिम्मेवारीमा रहेका सञ्चार माध्यमले राम्रालाई नराम्रा र नराम्रा कामलाई राम्रा काम भनेर जनतामाझ नपु¥याउन पनि आग्रह समेत गरे ।
