Hello NEw
कोरोना आतंक : कोरिया जाने ४० नेपाली कामदारको उडान स्थगित
काठमाडौं, ११ फागुन । दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण बढेपछि इपिएसमार्फत जाने ४० नेपाली कामदारको उडान स्थगित भएको छ ।
केही दिनयता कोरियामा समेत कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले फागुन १८ गतेको प्रस्तावित उडान स्थगित भएको इपिएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले जानकारी दिएका छन् । गत साता इपिएसमार्फत १०३ जना कामदार कोरिया गएको खनालले बताए ।
आइतबारसम्म कोरोनाभाइरसका कारण कोरियामा ५ जनाको मृत्यु भएको छ भने साढे पाँच सय मानिस संक्रमित छन् । संक्रमित हुनेमा बढी थेगु प्रान्तका रहेकोमा सो क्षेत्रलाई प्रारम्भिक केन्द्रविन्दु मानिएको छ।
कोरियामा झन्डै ४० हजार नेपाली कामदार छन् । थेगुमा मात्र ७ हजार नेपाली छन् । आइतबार सियोलस्थित नेपाली दूतावासले थेगुमा रहेका नेपालीहरुलाई सावधानी अपनाउन आग्रह गर्दै सूचना जारी गरेको छ ।
