Hello NEw
खानेपानी मन्त्रालय अन्तरगतका दुई आयोजनामा २५ करोड घोटाला
काठमाडौ । दुई खानेपानी आयोजनाको पाइप खरिदमा मिलोमतो गरि करिब २५ करोड भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी संस्थानका पदाधिकारीहरु विरुद्ध छानविन गरेको छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयद्धारा गठित छानविन समितिले खानेपानी संस्थानद्वारा बुटवल र राप्तीमा आयोजना भइरहेको ५० करोड बराबरको आयोजनामा २५ करोड भ्रष्टाचार भएको प्रतिवेदन तयार पारेको थियो । उक्त छानविन प्रतिवेदनमा दोषी देखिएकालाई थप छानविन गरि कारबाही गर्न सिफारिस गरेको थियो । सोही आधारमा अख्तियारले छानविन प्रकृया अघि बढाएको हो ।
मन्त्रालयद्धारा गठित छानविन समितिले उक्त भ्रष्टाचारमा खानेपानी संस्थान बुटवल शाखाका कायममुकायम सहायक प्रबन्धक मोहनदत्त भट्ट, उक्त योजनाका लागि डिजाइन, लगत इस्टिमेट, बोलपत्र कागजात सिफारिस गर्ने र दुवै ठेक्काको फ्याक्ट्री भिजिट गर्ने संस्थानको प्रधान कार्यालय काठमाडौंका उपप्रबन्धक ईश्वर प्रसाद, ठेक्कासम्बन्धी सम्पूर्ण कागजात स्वीकृत र निर्णय गर्ने प्रधान कार्यालय काठमाडौंका महाप्रबन्धक भूपेन्द्र्र प्रसादलाई दोषी देखाएको थियो ।
यस्तै, शाखा कार्यालय नेपालगन्जबाट आयोजनाको डिजाइन, लगत इस्टिमेट, बोलपत्र कागजात पेस गर्ने इन्जिनियर आशिष कार्की, प्रधान कार्यालय काठमाडौंका खरिद प्रमुख त्रिदीपकुमार श्रेष्ठलाई पनि दोषी ठहर गरेको थियो ।
सोही प्रतिवेदनका आधारमा अख्तियारले छानविन थालेको अख्तियारका एक अधिकारीले बताए ।
पाइप खरिदमा भ्रष्टाचार भएको सन्दर्भमा खानेपानी तथा सरसफाइमन्त्री विना मगरको निर्देशनमा मन्त्रालयले कानुनका उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले संस्थानले पाइप खरिदका लागि लागत अनुमानदेखि नै अनियमितता सुइ २५ करोड घोटला भएको प्रतिवेदन तयार पारेको थियो । कम्पनी छनोटका लागि मापदण्ड तोक्दा देखि नै मिलेमतोमा दुईवटा कम्पनीलाई ठेक्का पारेर आर्थिक हिनामिना गरिएको प्रतिवेदनमा दाबी गरिएको थियो ।
