Logo

Hello NEw

ओली – प्रचण्ड, बालुवाटारमा भेटवार्ता



काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ । स्रोतका अनुसार सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच समसामयिक राजनीतिक घटनामा छलफल भएको हो ।

आइतबार राष्ट्रियसभाका उम्मेदवारलाई प्रधानमन्त्री बनाउन समिति गठनपश्चात नेकपाभित्र र बाहिर तरंग आएपछि दुई अध्यक्षबीच उक्त विषयमा छलफल भएको स्रोतलेजनाएको छ ।

वामदेव गौतमलाई राष्ट्रियसभामा ल्याई प्रधानमन्त्री बनाउने भन्दै आइतबार मात्र नेता माधव नेपालको संयोजकमा नेकपालले तीन सदस्य समिति गठन गरेको थियो । संविधानमा चुनावमा पराजित हुनेहरूले प्रधानमन्त्री बन्न नपाउने व्‍यवस्था रहेकोले संविधान संशोधन गरी गौतमलाई प्रधानमन्त्री बनाउने खेल नेकपाभित्र रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्