Logo

Hello NEw

बैंक हिसाब मिलान भनेको के हो ? Pass book तथा Cash book मौज्दात फरक पर्नका कारणहरु उल्लेख गर्नुहोस ।



बैंक हिसाब मिलान

बैंकले देखाएको मौज्दात र कार्यालयको अभिलेखबाट देखिने बैंक मौज्दात कारोबार बनाउने प्रक्रिया नै बैंक हिसाब मिलान हो ।

बैंकले pass book राख्दछ जसलाई आधुनिक हिसाबमा bank statement भनिछ यसको डेविटतर्फ payment र क्रेडिट deposit तर्फ देखाइन्छ । बैंकमा जम्मा गरेको रकम र त्यसबाट झिकेको रकमको अर्थात बैकसंग भएको सम्पूर्ण कारोवारको लेखा बैंक नगदी कितावमा राख्ने गर्दछ । जहाँ बैकमा रकम जम्मा गर्दा डेबिट र बैंक बाट रकम झिक्दा वा खर्च गर्दा क्रेडिट गर्ने गरिन्छ ।

त्यसरी नै बैंकले पनि आफ्ना ग्राहकहरुसंग भएको कारोवारको लेखा राखी त्यसको प्रतिलिपि ग्राहकलाई प्रदान गर्दछ जसलाई बैंक पास बुक भनिन्छ । यस खातामा बैंकले ग्राहकबाट रकम प्राप्त गर्दा वा बैंकमा रहेको ग्राहकको खातामा रकम जम्मा हुँदा क्रेडिट गर्ने र ग्राहकको खाताबाट रकम झिक्दा वा खर्च गर्दा डेबिट गर्ने गर्दछ ।

बिशेष अवश्थामा बाहेक प्रायः बैंक नगदी किताबले Dr. Balance र पासबुकले Cr. Balance देखाउदछ । यी खाताहरुले देखाउने balance सदैब बराबर हुनुपर्छ । तर ब्याबहारमा सो नहुन सक्दछ ।

अत: बैंक  नगदी कितावले देखाउने Balance र बैंक पास बुकले देखाउने balance किन फरक पर्यो वा किन मिल्न सकेन भनि एउटा निश्चित समयमा तयार गरिने बिवरण नै Bank Reconciliation Statement हो । अर्थात BRS त्यो बिवरण हो जसले Bank Pass Book ले देखाउने Balance र Bank Cash Book ले देखाउने Balance मा अन्तर पार्ने तत्वहरुलाई औल्याउदछ ।

Pass book/Cash book मौज्दात फरक पर्नका कारणहरु;

 – चेक जारी भएको तर बैंक बाट भूक्तान भइनसकेमा
–  बैंकमा सिधा रकम जम्मा भएमा
–  अनुसार बैंकले रकम भुक्त्तान गरेमा
–  बैंक खातामा ब्याज प्राप्त भएमा
–  खाताबाट कर काटिएमा
–  Cheque Dishnour भएमा
–  खातामा एटिएम शुल्क, कमिसन जस्ता charge काटिएमा
–  Standing Instruction अनुसार बैंकले रकम भूक्तान गरेमा
–  Pass book/Cash book मा डेविट तथा क्रेडिट तर्फ overcharged तथा undercharged भएमा

बैंक हिसाब मिलान बिवरणको उदेश्य तथा महत्व;

१. बैंक नगदी किताव र बैंक पास बुकले देखाउने मौज्दातमा फरक पर्नुका कारणहरु पत्ता लगाउनु ।
२. यी खातहरु (बैंक नगदी किताव र बैंक पास बुक) मा प्रविष्टि गर्दा भए गरेका गल्तिहरु पत्ता लगाउनु ।
३. कोषको वास्तविक अवास्था पत्ता लगाई सोको हिनामिना रोक्न समेत सघाउ पुर्याउनु ।
४. चेक कलेक्सनमा हुन सक्ने ढिलासुस्तीकाकारणहरु पत्ता लगाउनु ।

प्रतिक्रिया दिनुहोस्