Logo

Hello NEw

राज्यमन्त्रीको राजीनामा अस्विकृत



काठमाडौं, १३ फागुन । प्रदेश नम्बर २ की भौतिक पूर्वाधार राज्यमन्त्री डा. डीम्पलकुमारी झाको राजीनामा अस्विकृत भएको छ ।

प्रदेश सरकारसँग असन्तुष्टि जनाउँदै माघ १४ गते उनले राजीनामा दिएकी थिइन् । राजीनामा स्वीकृत नभएपछि उनी मन्त्रालयको नियमित काममा फर्किएकी मन्त्री झाको सचिवालयले जनाएको छ ।

राजपा नेपालको अध्यक्ष मण्डलले राजीनामा फिर्ता गर्न आग्रह गरेपछि आजदेखि काम शुरु गरेको राज्यमन्त्री झाले बताइन् । पार्टीले नै आफूलाई सांसद बनाएको र राज्यमन्त्री पनि बनाएकोले पार्टीको आदेशलाई आफुले अस्वीकार गर्न नसक्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्