Logo

Hello NEw

लोक सेवा विशेष : सामान्य ज्ञान



१) डटपेनको अविष्कार कसले गरेका हुन् ?
– जोन जे. लाउड
२) नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ?
– वि.सं. २०६४ असार २३
३) चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ?
– टेनिस
४) खुट्टामा जिव्रो हुने जीव कुन हो ?
– पुतली
५) मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?
– आँखा झिम्काउनु
६) जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?
– तीतो
७) मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ?
– १३ प्रकारका
८) संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?
– रुघा
९) भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ?
– डुक एयर
१०) याहुका संस्थापक को–को हुन् ?
– डेविड फिलो र जेरी याङ्ग
११) सन् २०१२ को युरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?
– स्पेन
१२) असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना भयो ?
– भेनेजुयलामा
१३) अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ?
– ४ डलर
१४) सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ?
– प्रसिद्धजङ्ग राणा
१५) विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?
– गुल्मी
१६) नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार को हुन् ?
– गोपाल प्रसाद रिमाल
१७) विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ?
– जापान
१८) भगवान गोतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ?

-मूल सर्वास्ति विनय
१९) लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो ?
– ईश्वरको पार्टी
२०) अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ ?
– नेपालको चितवनमा
२१) संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ?
– माइक्रोसफ्ट कर्पोरेशन
२१) सूर्यग्रहण र चन्द्रगहण कुनकुन किनाराबाट लाग्न सुरु गर्दछ ?
– सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट
२२) लोटस–१२३ केसँग सम्बन्धीत छ ?
– कम्प्युटर
२३) अल्वर्ट आइन्स्टाइनलाई कुन देशको राष्ट्रपति हुुन आग्रह गरिएको थियो ?
– इजरायल
२४) प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा कसले व्याख्या गरेको मानिन्छ ?
– चाल्र्स डार्बिन
२५) अन्तराष्ट्रिय स्तरको ‘ग्लोवल ५००’ पुरस्कार पाउने प्रथम नेपाली को हुन् ?
– कृष्णकुमार पाण्डे
२६) पृथ्वीको गतिभन्दा परमाणु घडी कति समयले चलाख रहेको छ ?
– ०.९ सेकेन्ड
२७) कमल फूलको आकार भएको नाटक देखाउन अपेरा घर कुन देशको कुन शहरमा छ ?
– अस्ट्रेलियाको सिड्नी
२८) सन् २०१० को विश्वकप फुटबलमा कुन टिम उप–बिजेता भएको थियो ?
– नेदरल्याड
२९) नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत कहिलेदेखी वितरण गर्न थालियो ?
– वि.सं. २०६६ मंसीर १ गतेबाट
३०) फिलामेन्ट बत्तीको आयु कति हुन्छ ?
– १००० घण्टा
३१) नेपालको पहिलो सर्च इन्जिन कुन हो ?
– Ebuzzasia.com
३२) हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ?
– हेलियम
३३) भारतीय संसद परिषदमा कुन नेपालीको सालिक रहेको छ ?
– दुर्गा मल्ल
३४) जटापोखरी ताल कुन जिल्लामा पर्दछ ?
– सिन्धुपाल्चोक
३५) लालबकैया नदीको किनारमा रहेको जिल्ला सदरमुकाम कुन हो ?
– कलैया (बारा)
३६) नेपालको सबैभन्दा होचो भाग कुन हो ?
– मुसहरनिया ५९ मि.(धनुषा)
३७) इतिहासका पिता भनि कसलाई भनिन्छ ?
– हेरोडोटस
३८) क्यालकुलेटरका अविष्कार कसले गरेका हुन् ?
– पास्कल
३९) घरमा हुने सामान्य कुराकानीमा कति डेसिबल ध्वनी उत्पन्न हुन्छ ?
– ३० डेसिबल
४०) नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भयो ?
– वि.सं. २०६३ माघ १
४१) संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्ष हुने पहिलो महिला को हुन् ?
– विजया लक्ष्मी पण्डित (भारत)
४२) पाकिस्तानको केन्द्रीय बैंकलाई के भनिन्छ ?
– स्टेट बैंक अफ पाकिस्तान
४३) विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने मुलुक कुन हो ?
– भारत

४४) नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी को हुन् ?
– सर एडमण्ड हिलारी
४५ ह्यारी पोटर पुस्तक शृङ्खलाकी लेखिका को हुन् ?
– जे.के.रोलिङ


प्रतिक्रिया दिनुहोस्