Logo

Hello NEw

निजामती सेवा सम्बन्धी महत्वपूर्ण प्रश्नोत्तरहरू



प्रश्नः निजामती सेवा ऐन, २०४९ अनुसार “परिवार” भन्नाले के बुझ्नुहुन्छ ?

उत्तरः “परिवार” भन्नाले निजामती कर्मचारीसँग बस्ने तथा निज आफैले पालन पोषण गर्नुपर्ने पति, पत्नी, छोरा, अविवाहिता छोरी, धर्मपुत्र, अविवाहिता धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा सम्झनुपर्छ र सो शब्दले पुरुष र अविवाहिता महिला कर्मचारीको हकमा निजको बाजे, बज्यै तथा विवाहिता महिला कर्मचारीको हकमा निजको सासू, ससुरालाई समेत जनाउछ ।

प्रश्नः निजामती सेवा ऐन, २०४९ अनुसार “पिछडिएको क्षेत्र” भन्नाले के बुझ्नुहुन्छ ?

उत्तरः “पिछडिएको क्षेत्र” भन्नाले अछाम, कालिकोट,जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्ला सम्झनुपर्छ ।

प्रश्नः निजामती सेवाको पदमा उम्मेदवार हुन नसक्ने अवस्थाहरू के के हुन् ?

उत्तरः निजामती सेवा ऐन,२०४९ को दफा १० अनुसार देहायका व्यक्तिहरू निजामती सेवाको पदमा उम्मेदवार हुन सक्ने छैनन्ः
क) राजपत्र अनंकित र श्रेणीविहीन पदमा १८ वर्ष उमेर पूरा नभएका,
ख) राजपत्रांकित पदमा २१ वर्ष उमेर पूरा नभएका,
ग) पुरुष उम्मेदवारको हकमा पैंतीस वर्ष र महिला उम्मेदवारको हकमा चालीस वर्ष उमेर पूरा भइसकेका,तर भूतपूर्व सैनिक वा प्रहरी नियुक्ति हुने भनी तोकिएको निजामती सेवाको पदमा चालीस वर्ष ननाघेका जुनसुकै व्यक्ति उम्मेदवार हुन सक्नेछन् । राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको खुल्ला प्रतियोगितामा पैंतालीस वर्ष ननाघेका व्यक्ति उम्मेदवार हुन सक्नेछन् ।
घ) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बरखास्त गरिएका,
ङ) गैरनेपाली नागरिक,
च) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएको ।

प्रश्नः कुन–कुन अवस्थामा निजामती कर्मचारीको आफ्नो पद माथिको पदाधिकार कायम रहने छ ?
उत्तरःदेहायको अवस्थामा निजामती कर्मचारीको आफ्नो पद माथिको पदाधिकार कायम रहनेछ ब्यवस्था गरिएको छः–
क) त्यस पदमा कामकाज गरिरहँदासम्म ।
ख) अर्को पदमा सरुवा भई कार्यभार सम्हाल्न पाइने म्यादसम्म ।
ग) बिदामा रहेको बखत ।
घ) निलम्बन रहेको बखत ।
ङ) नेपाल सरकारद्वारा वा गैरसरकारी काममा खटाइएका बखत वा कुनै अन्य पदमा कायम मुकायम भई काम गरेको बखत ।

प्रश्नः निजामती सेवाको राजपत्रांकित पदमा बढुवाको लागि सिफारिस गर्न गठित बढुवा समितिमा को को रहने ब्यवस्था छ ?

उत्तरः निजामती सेवा ऐन,२०४९ को दफा २०९१० अनुसार नेपाल न्याय सेवाको राजपत्रांकित पदमा र राजपत्र अनंकित पदबाट राजपत्रांकित पदमा बढुवा हुने बाहेक निजामती सेवाको राजपत्रांकित पदमा बढुवाको लागि सिफारिस गर्न देहायबमोजिमको बढुवा समिति रहनेछः–
क) लोकसेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोकसेवा आयोगको सदस्य – अध्यक्ष
ख) लोकसेवा आयोगको अध्यक्षले तोकेको लोकसेवा आयोगको सदस्य – सदस्य
ग) मुख्य सचिव – सदस्य
घ) लोकसेवा आयोगद्वारा मनोनीत सम्बन्धित विषयका विशेषज्ञ – सदस्य
ङ) सामान्य प्रशासन मन्त्रालयको – सचिव सदस्य सचिव

प्रश्नः निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणीबाट राजपत्रांकित तृतीय श्रेणीको पदमा बढुवाको लागि सिफारिस गर्न गठित बढुवा समितिमा को को रहने ब्यवस्था छ ?

उत्तरः राजपत्र अनंकित प्रथम श्रेणीबाट राजपत्रांकित तृतीय श्रेणीको पदमा बढुवाको लागि सिफारिस गर्न देहायबमोजिमको बढुवा समिति रहनेछ ः–
क) लोकसेवा आयोगको अध्यक्षले तोकेको लोकसेवा आयोगको सदस्य – अध्यक्ष
ख) लोकसेवा आयोगको सचिव – सदस्य
ग) सामान्य प्रशासन मन्त्रालयको सचिव – सदस्य
घ) लोकसेवा आयोगको अध्यक्षबाट मनोनीत सम्बन्धित विषयको विशेषज्ञ – सदस्य
ङ) सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयको सचिव वा निजले तोकेको राजपत्रांकित प्रथम श्रेणीका अधिकृत – सदस्य–सचिव

प्रश्नः बढुवाको लागि उम्मेदवार हुन चाहिने न्यूनतम सेवा अवधि र शैक्षिक योग्यतावारे लेख्नुहोस् ।

उत्तरः बढुवाको निमित्त उम्मेदवार हुन बढुवा हुने पदको श्रेणीभन्दा एक श्रेणी मुनिको पदको लागि तोकिएबमोजिमको शैक्षिक योग्यता र देहायबमोजिमको न्यूनतम सेवा अवधि पुगेको हुनुपर्नेछः–
क) राजपत्र अनड्ढित पदको निमित्त तीन वर्ष,
ख) राजपत्रांकित पदको निमित्त पाँच वर्ष ।
तर महिला, आदिवासीरजनजाति,मधेसी, दलित, अपांग र पिछडिएको क्षेत्रमा स्थायी बसोबास भएका निजामती कर्मचारीहरूको उल्लिखित सेवा अवधिमा एक
वर्ष कम सेवा अवधि भए पनि बढुवाको लागि सम्भाव्य उम्मेदवार हुनेछन् ।

प्रश्नः निजामती कर्मचारीको कार्यक्षमताको मूल्यांकन गर्दा कति कति अंक प्रदान गरिन्छ ।

उत्तरःऐनको दफा २४९२० अनुसार निजामती कर्मचारीको कार्यक्षमताको मूल्यांकन गर्दा देहायबमोजिम बढीमा एक सय अंक दिइनेछः–
क) कार्यसम्पादन मूल्यांकन बापत – चालीस अंक
ख) ज्येष्ठता बापत – तीस अंक
ग) शैक्षिक योग्यता बापत – बाह्र अंक
घ) भौगोलिक क्षेत्रमा काम गरे बापत – सोह्र अंक
ङ) तालिम बापत – दुई अंक

प्रश्नः निजामती कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्दा सुपरिवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिले दिन सक्ने अधिकतम अंक कति हो ?

उत्तरः निजामती कर्मचारीको कार्यसम्पादन मूल्यांकनको कुल अंकको विभाजन देहाय बमोजिम हुनेछः–
क) सुपरिवेक्षकले दिन सक्ने अधिकतम पच्चीस अंक
ख) पुनरावलोकनकर्ताले दिन सक्ने अधिकतम दश अंक
ग) पुनरावलोकन समितिले दिन सक्ने अधिकतम पाँच अंक

प्रश्नः निजामती कर्मचारीलाई ज्येष्ठताबापतको अंक कसरि प्रदान गर्ने ब्यवस्था छ ?

उत्तरः निजामती कर्मचारीलाई ज्येष्ठता बापतको अंक प्रदान गर्दा हाल बहाल रहेको देहाय बमोजिमको श्रेणीमा काम गरेबापत देहायको दरले बढीमा तीस अंक प्रदान गरिन्छः
क) राजपत्र अनंकित तृतीय र द्वितीय श्रेणीका पदमा काम गरेबापत प्रत्येक वर्षको अंक ३.७५ को दरले,
ख) राजपत्र अनंकित प्रथम श्रेणीको पदमा काम गरेबापत प्रत्येक वर्षको अंक ३ को दरले,
ग) राजपत्रांकित तृतीय र द्वितीय श्रेणीको पदमा काम गरेबापत प्रत्येक वर्षको अंक २.५ को दरले ।
तर, एक वर्षभन्दा बढी चानचुन महिना वा दिनको लागिदामासाहीको हिसाबले अंक दिइनेछ ।

प्रश्नः निजामती कर्मचारीको तलब, भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्नको लागि सिफारिस गर्न गठित समितिमा को को रहने ब्यवस्था छ ?

उत्तरः निजामती सेवा ऐन,२०४९ को दफा २७ (क) अनुसार निजामती कर्मचारीको तलब, भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्नको लागि देहायबमोजिमको एक
तलब भत्ता पुनरावलोकन समिति रहनेछः–
क) नेपाल सरकारको मुख्य सचिव – अध्यक्ष
ख) सचिव, अर्थ मन्त्रालय – सदस्य
ग) सचिव, सामान्य प्रशासन मन्त्रालय – सदस्य
यस समितिको सचिवालयको काम सामान्य प्रशासन मन्त्रालयले गर्ने ब्यवस्था छ ।

प्रश्नः असमर्थ कर्मचारीको सम्बन्धमा निजामती सेवा ऐन तथा नियमावलीमा के कस्तो विशेष व्यवस्था गरिएको छ ?

उत्तरः कुनै निजामती कर्मचारी शारीरिक वा मानसिक रोगको कारणबाट नियमित रूपमा सेवा गर्न असमर्थ छ भनी नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डबाट प्रमाणितभई आएमा नेपाल सरकारले निजलाई निजको सेवा अवधिमा बढीमा सात वर्ष सेवा अवधि थप गरी अवकाश दिन सक्नेछ ।

प्रश्नः निजामती कर्मचारीले पालन गर्नुपर्ने आचरणहरू के के हुन् ?

उत्तरः निजामती सेवा ऐन,२०४९ को परिच्छेद – ७ दफा ४१ देखि ५५ सम्म
निजामती कर्मचारीले पालन गर्नुपर्ने आचरणहरूको ब्यवस्था गरिएको छ जुन निम्न अनुसार छन्ः
– समय पालन र नियमितता
– अनुशासन र आज्ञापालन
– राजनैतिक वा अवाञ्छनीय प्रभाव पार्न नहुने
– राजनीतिमा भाग लिन नहुने
– सरकारको आलोचना गर्न नहुने
– सरकारी कामकाज सम्बन्धी समाचार प्रकाश गर्नमा प्रतिबन्ध,
– दान, उपहार, चन्दा आदि प्राप्त गर्न र सापटी लिनमा प्रतिबन्ध,
– कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुने,
– निर्वाचनमा भाग लिन नहुने
– प्रदर्शन र हडताल गर्न प्रतिबन्ध,
– हडताल, थुनछेक तथा घेराउ गर्नमा प्रतिबन्ध,
– प्रतिनिधित्व गर्नमा प्रतिबन्ध,
– सम्पत्ति विवरण दिनुपर्ने,
– यातना दिन नहुने,
– सेवाग्राहीप्रतिको व्यवहार,
– आफ्नो सेवा र पदअनुसारको आचरण पालन गर्नुपर्ने,
– अन्य आचरणः
१) निजामती कर्मचारीले आफ्नो कार्यालयमा काम गर्दा सबैप्रति शिष्ट व्यवहार
२) निजामती कर्मचारीले आानो कार्यालय तथा पदअनुसार आइपर्ने जिम्मेवारीलाई मर्यादापूर्वक बहन गरी निष्पक्ष, स्वच्छ तथा छिटो छरितो रूपमा कार्यसम्पादन गर्नुपर्नेछ ।
३) निजामती कर्मचारीले कुनै पनि सरकारी सम्पत्तिको प्रयोग वा उपयोग घरायसी कार्यको लागि गर्न हुदैन ।
४) निजामती कर्मचारीले सरकारी राजस्वबाट तलब, भत्ता खाने गरी नियुक्त भएको कुनै पनि सरकारी कर्मचारीलाई कार्यालयको काममा बाहेक आफ्नो
घरायसी काममा लगाउनु हुँदैन ।

प्रश्नः निजामती कर्मचारीको सेवाको सुरक्षा वारे लेख्नुहोस् ।

उत्तरः ऐनको दफा ५६मा उल्लेख भए अनुसार देहायका निजामती कर्मचारीबाहेक अन्य कुनै पनि निजामती कर्मचारीलाई सफाइको सबूत दिने मनासिब माफिकको
मौका नदिई निजामती सेवाबाट हटाइने वा बर्खास्त गरिने छैन
क) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएको,
ख) म्यादी पदमा बहाल रहेको,
ग) भागी पत्ता नलागेको वा सम्पर्क स्थापित गर्न सम्भव नभएको पर्याप्त आधार भएको ।
घ) भ्रष्टाचार आरोपमा अदालतबाट कसुरदार ठहरिएको ।

प्रश्नः निजामती कर्मचारीले पाउने बिदाका वारेमा लेख्नुहोस् ।

उत्तरः निजामती कर्मचारीहरूले देहायका बिदाहरू तोकिए बमोजिम पाउने ब्यवस्था छः
– भैपरी आउने र पर्व विदाः–६/६ दिन गरी १२ दिन, सञ्चित गर्न नपाइने, यि विदा आधा दिन पनि लिन सकिने । मौखिक अनुरोधको आधारमा पनि दिन सकिने ।

– घर विदाः– काम गरेको १२ दिनको १ दिनको दरले महिनामा २।५ दिन अर्थात वर्षमा जम्मा ३० दिन, १८० दिन सञ्चीत गर्न पाइने । काम गरेको अवधि भन्नाले भैपरी आउने र पर्व विदा, विरामी विदा, प्रसुति विदा, प्रसुति स्याहार विदा, क्रिया विदा र सार्वजनिक विदालाई जनाउछ ।

विरामी विदाः– प्रत्येक वर्ष १२ दिन, सञ्चित गर्न पाइने, अवकाश पाउदा भएका विदा वापत एकमुष्ठ रकम भुक्तानी पाउने, विरामी भई सञ्चितले नपुग्ने भएमा १२ दिन थप पेश्की पाइने, त्यतिले पनि नपुग भए थप ४५ दिन समेत पाइने ।

– प्रसुति विदाः– सुत्केरी हुनु अगाडी र पछाडी ६० दिन । सेवा अवधिमा २ पटक, थप ६ महिनासम्म वेतलवी लिन सकिने, रु. ५००० शिशु स्याहार भत्ता दुई पटकसम्म पाइने ।

– प्रसुति स्याहार विदाः– एक पटकमा १५ दिन पाइने, सेवा अवधिभर बढीमा २ पटक, जन्मदर्ता प्रमाण पत्र पेश गर्नुपर्ने ।

– क्रिया विदाः– आफै क्रियामा बस्नु परेमा वा बाबु, आमा,बाजे, बज्यै, छोराछोरी, सासु, सासुरा,पतिपत्नीको मृत्यु भएमा १५ दिन । विदा पछि कार्यालयमा हाजिर भएको १५ दिनभित्र मृत ब्यक्तिको मृत्यु दर्ताको प्रमाणपत्र तथा मृत ब्यक्तिसंगको नाता प्रमाणित पेश गर्नु पर्ने ।

– अध्ययन विदाः– सेवा अवधि ३ वर्ष पुगेको कर्मचारीले नेपाल सरकारको स्विकृतिमा निजामती सेवालाई उपयोगी र आवश्यक पर्ने विषयमा सेवा अवधिमा ३ वर्ष र नेपाल सरकारले चाहेमा बढीमा २ वर्ष सम्म थप गरी ५ वर्ष पूरा तलव पाउने गरी दिन सक्ने ब्यवस्था ।

– असाधारण विदाः– ५ वर्ष सेवा अवधि पुगेकोले मात्र पाउने । नेपाल सरकारको स्विकृतिमा तलव नपाउने गरी १ पटकमा बढीमा १ वर्ष गरी सेवा अवधि भरमा वढीमा ३ वर्ष लिन सकिने । यो बिदाको अवधि निजको सेवा अवधिमा गणना नगरिने ।

– वेतलवी विदाः– पति वा पत्नी विदेश स्थित नेपाली राजदुतावास वा कुनै नियोगमा खटिनगएमा बढीमा ५ वर्षसम्म पाइने । तर यो बिदाको अवधि निजको सेवा अवधिमा गणना नगरिने । यस्तो विदा नेपाल सरकारवाट स्वीकृत हुनुपर्ने ।

निजामती कर्मचारीले जुन बिदा लिई बसेको हो सोही विदा नै उपभोग गर्नुपर्नेछ । पहिले कुनै एक किसिमको बिदा स्वीकृत भएकोमा त्यस्तो बिदा,पछि किरिया बिदा वा प्रसुति बिदा बाहेक अर्को किसिमको बिदामा परिणत हुदैन् ।

प्रश्नः विदा दिने अधिकारी बारे लेख्नुहोस् ।

उत्तरः विदाको किसिम विदास्वीकृतगर्नेअधिकारी
क) भैपरी आउने र पर्व विदा सम्वन्धित कार्यालय प्रमुख वा विभागिय प्रमुख
ख) घर विदा सम्वन्धित कार्यालय प्रमुख वा विभागिय प्रमुख
ग) विरामी विदा सम्वन्धित कार्यालय प्रमुख वा विभागिय प्रमुख
घ) प्रसुति विदा सम्वन्धित कार्यालय प्रमुख वा विभागिय प्रमुख
ङ) प्रसूति स्याहार बिदा सम्वन्धित कार्यालय प्रमुख वा विभागिय प्रमुख
च) किरिया बिदा सम्वन्धित कार्यालय प्रमुख वा विभागिय प्रमुख
छ) अध्ययन बिदा नेपाल सरकार
ज) असाधारण विदा नेपाल सरकार
– विशिष्ट श्रेणीको कर्मचारीको भैपरी आउने र पर्व बिदा वाहेक अन्य विदाहरू नेपाल सरकारले स्विकृत गर्दछ ।
– भैपरी आउने पर्व विदा विभागीय प्रमुख र कार्यालय प्रमुख आफैले लिन सक्नेछ ।

प्रश्नः निजामती सेवा पुरस्कार सिफारिस समितिमा को को रहने ब्यवस्था छ ?

उत्तरःनिजामती सेवा पुरस्कार सिफारिस गर्न देहाय बमोजिमको समिति रहने ब्यवस्था छः–
क) नेपालसरकारको मुख्य सचिव – अध्यक्ष
ख) कानून तथा न्याय मन्त्रालयको सचिव – सदस्य
ग) नेपाल सरकारले तोकेको नेपाल सरकारको कुनै सचिव – सदस्य
घ) विशिष्ट श्रेणीवाट सेवा निवृत कर्मचारी मध्ये नेपाल सरकारले तोकेको व्यक्ति – सदस्य
ङ) सामान्य प्रशासन मन्त्रालयको सचिव, – सदस्य सचिव

प्रश्नः निजामती सेवाको पदमा उम्मेदवार हुन कस्तो योग्यता हुनुपर्दछ ?

उत्तरः निजामती सेवाको पदमा उम्मेदवार हुन निम्नलिखित योग्यताहरू हुनुपर्दछ ।
– राजपत्रांकित पदमा २१ वर्ष उमेर पुगेको हुनुपर्दछ ।
– राजपत्र अनंकित पदमा १८ वर्ष उमेर पुगेको हुनुपर्दछ ।
– पुरुषको हकमा ३५ वर्ष उमेर ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको ।
– भविष्यमा सरकारी सेवाको निमित अयोग्य ठहरिने गरी बर्खास्त नगरिएको ।
– अदालतबट नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको ।

प्रश्नः निजामती कर्मचारीले पाउने उपदानबारे लेख्नुहोस् ।

उत्तरः पाँच वा पाँच वर्षभन्दा बढी सेवा गरेको तर निवृतिभरण पाउने अवधि नपुगेका निजामती कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी सेवाको निमित अयोग्य नठहरिने गरी पदबाट हटाइएमा देहायका बमोजिन उपदान पाउने व्यवस्था छ ।
ड्ड पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको निजामती कर्मचारीले आफुले काम गरेको प्रत्येक बर्षको निमित्त आखिरी आधा महिनाको तलब ।
ड्ड दस वर्षदेखि पन्ध्र वर्षसम्म सेवा गरेको निजामती कर्मचारीले आफुले काम गरेको प्रत्येक बर्षको निमित्त आखिरी एक महिनाको तलब ।
ड्ड १५ वर्षदेखि २० वर्ष भन्दा कम सेवा गरेको निजामती कर्मचारीले आफुले काम गरेको प्रत्येक बर्षको निमित्त आखिरी डेढ महिनाको तलब ।

प्रश्नः निजामती कर्मचारीलाई विभागीय सजाय दिँदा अपनाउनु पर्ने प्रक्रियाका बारेमा लेख्नुहोस् ।

उत्तरः
– निजामती कर्मचारीलाई के कस्तो विभागीय सजाय गर्न लागिएको हो सुचना गर्ने ।
– आवश्यक वा मूनासिव देखिएमा निलम्बन गर्ने ।
– सफाई पेश गर्ने मौका दिनुपर्ने ।
– विशेष सजायको आदेश दिनुभन्दा पहिले सजाय प्रस्ताव गर्ने ।
– लोक सेवा आयोगको परामर्श लिनुपर्ने ।
– सम्मानित र शिष्ट भाषा सजाय उपर पुनरावेदन सून्ने व्यवस्था गरिनुपर्ने ।

प्रतिक्रिया दिनुहोस्