Logo

महिलामाथि लाठी प्रहार गर्ने इन्स्पेक्टरमाथि छानविन गर्न समिति गठन



काठमाडौं, १६ फागुन । काखमा बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि छानविन गर्न एसपी दुर्गा सिंहको नेतृत्वमा समिति गठन भएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयको निर्देशनपछि घटनाको सत्यतथ्य छानविन गर्न ललितपुर प्रहरी परिसरकी एसपी सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको हो।

घटनाबारे प्रहरीले अनुसन्धान पनि सुरू गरिसकेको जनाएको छ । बिहीबार ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि प्रहरी निरीक्षक पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई लाठी प्रहार गरेका थिए ।

एकजना महिलालाई पछाडिबाट प्रहरीले लाठी हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । इन्स्पेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेका छन् ।

प्रतिक्रिया दिनुहोस्