Hello NEw
लोकसेवा तयारी गर्दा ध्यान दिनु पर्ने केही पक्षहरु
लेखक जगन्नाथ अर्याल, लेखा अधिकृत (भरतपुर महानगरपालिका, चितवन)
योग्य र दक्ष जनशक्तिलाई निष्पक्ष रुपमा छनोट गरि सरकारी सेवामा नियुक्तिको लागि सिफारिस गर्ने र सरकारलाइ कर्मचारीको भर्ना पदोन्नती लगायत कर्मचारी प्रशासनका विविध पक्षमा कानुन एवं नीति निर्माणको क्रममा सुझाव दिनको लागि एक स्वतन्त्र सवैधानिक निकायको परिकल्पना गरिए अनुसार वि.सं. २००८ साल असार १ गते (तदनुसार १५ जुन १९५१ ई.स.) नेपालमा लोक सेवा आयोगको स्थापना भएको हो । स्थापनाकाल देखिनै लोकसेवा आयोगले आम जनताको मन जित्न सफल भइ सबैको भरोसाको केन्द्र बनेको छ । निष्पक्षता र तटस्थताले नै स्थापना कालदेखि प्रति वर्ष युवाहरु सरकारी सेवामा प्रवेश गर्ने आकर्षक बढेको छ। गत आ.व. २०७४।०७५ को मात्रै तथ्याङ्क अवलोकन गर्दा शाखा अधिकृत रा.प.तृतीय एकिकृत माग (प्रशासन/ लेखा परीक्षण/ सा.प्र./लेखा/ राजश्व ) पद सख्या २९९ को लागि करिव २२ हजारले परीक्षार्थीले फर्म भरेको तथ्याङ्कले देखाएको छ। अत: बढ्दो लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाबाट सफलता प्राप्त गर्नको लागि निम्न लिखित पक्षहरुमा ध्यान पुर्याउन सकेको खण्डमा सफलता प्राप्त गर्न सकिन्छ।
पाठ्क्रम तथा विषयवस्तुको गहिरो अध्ययन
सर्वप्रथम लोकसेवा आयोगले लिने परीक्षामा आफु कुन पदको परीक्षामा सम्मिलित हुने हो र उक्त पदको विज्ञापन कुन महिनामा हुन्छ सो कुराको एकिन गर्नको लागि लोकसेवा आयोगले हरेक वर्ष आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको हुन्छ सो को राम्रोसगँ अध्ययन गर्नु पर्छ। आफुले परीक्षादिने पाठ्यक्रमलाई राम्रो सँग अध्ययन गर्ने र मिल्दो शिर्षक लाई ग्रुप बनाइ सम्बन्धित कुराहरुको गहिरो सँग अध्ययन गर्नुपर्छ।
विषयबस्तु माथि थप प्रष्ट हुने कुराहरुको अध्ययन
संविधान तथा आफ्नो विषयसँग सम्बन्धित ऐन, नियम, नीति तथा निर्देशिका, दैनिक पत्रिकाहरु, साप्ताहिक पत्रिकाहरु, मासिक पत्रिकाहरु लाई निरन्तर अध्ययन गर्ने, आफ्नो शिर्षक सँग मिल्ने विषय विज्ञहरुको लेख रचना तथा अध्ययन अनुसन्धान बाट देखिएका तथ्य तथ्याङ्कहरु, प्रतिवेदनहरुले गरेका सिफारिसहरुको अध्ययन गर्ने, कटिङ गर्ने, फाइलिङ गर्ने वा बुदाँ टिपोट गर्ने र आफुले बुझ्ने तरिकाबाट नोट बनाउने र मिल्ने शिर्षक सँग आन्तरीकीकरण गर्दै शिर्षकमाथिको अवधारणागत स्पस्टता कायम गर्ने।
Content र Context मिलाउने
विषयबस्तुको अध्ययन सिद्धान्त तथा हाम्रो यथार्थता, व्यवहार र Personal life मा सो कुरालाइ कसरि जोड्न सकिन्छ भन्ने तर्फ सधै ध्यान दिने।आफ्नो उत्तरलाइ विद्यमान कानूनी प्रावधान, हाम्रो अहिलेको अवस्था तथा Gap पत्ता लगाइ उत्तरलाइ Gap पुरा गर्ने तर्फ ध्यान दिने र सबै बिषयको उत्तर तयारी गर्दा (SWOT Analysis: Strengths, Weakness, Opportunities and Threats) जस्ता पक्षलाइ ध्यान दिनुपर्छ।सुनेर, पढेर भन्दा पनि लेखाइलाइ थप महत्व दिइ क्रमश: पढाइ तथा लेखाइलाइ सँग सँगै अघि बढाउनु पर्छ।
Creativity र Innovative मा ध्यानदिने
आफ्नो लेखाइ र पढाइलाइ निरन्तर सहपाठी, सहकर्मि तथा बौद्धिक बर्ग सँग छलफल र अन्तक्रिया गर्ने। लेखाइलाई सकेसम्म तथ्य तथ्याङ्क, विभिन्न डायग्राम, चित्र तथा तालिका एवं सोलोगनको माध्यमबाट थप आकर्षक बनाउनुका साथै सम्बन्धित विषय विज्ञ तथा सहपाठि लाइ देखाउने र प्राप्त पृष्ठपोषण अनुसार निरन्तर अघि बढ्ने। विषयवस्तु सँग सम्बन्धित अन्तराष्ट्रिय असल अभ्यास नविनतम तथा सिर्जनात्मक कार्यलाइ आफ्नो विषय बस्तु सँग तादम्यता मिलाइ प्रस्तुत गर्न सकेमा लेखाइले थप महत्व राख्ने गर्दछ।
समय व्यवस्थापन र सरकारी सेवा प्रतिको अवसर
सर्वप्रथम जस्ले आमजनताको सेवक बनेर पवित्र भावना राखि राज्यले खटाएको जुनसुकै स्थानमा अहोरात्र खट्न सक्छु भन्ने लाग्छ त्यस्ता व्याक्तिहरुले मात्र लोकसेवा तयारि तर्फ लाग्दा उत्तम हुन्छ। लोकसेवा पास गर्नको लागि समयसारिणी बनाउनु पर्छ। सामान्यतया मेरो विचारमा ३ बर्षसम्म म लोकसेवा पढ्छु र पास गर्छु भनेर समय व्यवस्थापन गर्नु पर्छ।अध्ययनको समय देखि लोकसेवा आयोगले सिफारिस नगर्दाको अवस्थासम्म हरेक क्षण अति महत्वपुर्ण हुन्छ।लोकसेवा पास गर्नको लागि निरन्तर दैनिक रुपमा २ देखि ३ घन्टा सम्म पढ्दा पास हुन सकिन्छ।जबर जस्ति पढ्नु भन्दा निरन्तर छोटो समय रुचि पुर्ण रुपले पढ्दा उत्तम हुन्छ। परीक्षाको समयमा प्रश्नहरुलाइ राम्रोसँग बुझने र प्रश्नले मागेको कुरामात्र समय सिमाभित्र रहि प्रस्तुत गर्ने गर्नु पर्छ।लोकसेवा पास हुनको लागि सबै प्रश्नहरु उत्तिकै महत्वपूर्ण हुन्छ ।तसअर्थ सबैलाइ उत्तिकै महत्व दिएर सबै प्रश्नहरु हल गर्न तर्फ लाग्नु पर्छ। विषयवस्तुलाई सकेसम्म Prioritizing गर्ने, कुन विषयबस्तु कसरि अध्ययन गर्ने भन्ने कुराको लागि Time Charts बनाउने, अध्ययन को क्रममा अलमल्याउने विषयबस्तुलाई Eliminate गर्ने, आफुले तयारी गरिसकेपछि प्रत्येक दिन कति प्रगति भयो आफैले आफुलाई Evaluate गर्ने र निरन्तर अघि बढ्ने।सरकारी सेवामा प्रवेश गरेपछि जनताको सेवा गर्ने मौका एकातिर छ भने अर्कोतर्फ वृत्तिविकास तथा अन्य अवसरहरु धरै छन भनि Motivated भएर रुचिका साथ लाग्नु पर्छ।
तनाव व्यवस्थापन गर्ने
लोकसेवा पास हुनको लागि तनाव व्यवस्थापन अति महत्वपुर्ण मानिन्छ।खासगरि अध्यनको समय तथा परीक्षाको समयमा विभिन्न प्रकारको तनाव सिर्जना हुने गर्दछ। प्रश्नहरु सबै हल गर्न सकिन्छ / सकिदैन ? पढ्दै नपढेको प्रश्न आएमा के गर्ने ? भन्ने प्रश्न एकातिर हुन्छ भने अर्को तर्फ अहिलेनै लोकसेवा पास गर्नुपर्ने दवाव स्वरुप तनाव सिर्जना हुन सक्छ।त्यसको लागि सबै विषय बस्तुलाइ गहन अध्ययन गर्नुका साथै पारिवारिक सहयोग जुटाइ लेखाइ र पढाइ निरन्तर गर्नु पर्छ।आफुसँग प्रतिस्पर्धा गर्न लागेका सबै प्रतिस्पर्धिहरु म जस्तै एकै शिक्षापद्धति तथा संस्कारमा हुर्केका व्याक्तिहरु हुन भन्ने सोचि positive attitude का साथ लाग्नु पर्छ। लोकसेवा आयोगले लिने परीक्षाको मिति भन्दा १/२ दिन बाँकीको समयमा पढन्नु भन्दा पनि आफुले पढेको स्मरण गर्ने र मैले सबै अध्ययन गरिसके म अरु भन्दा अब्बल छु भनि ढुक्क भएर परीक्षा हलमा बस्नु पर्छ। स्वच्छ र सन्तुलित खाना खानुको साथै enough rest मा सधै ध्यान दिनुपर्छ।
