Logo

Hello NEw

घर फोहोर भयो ? यसरी सफा गर्नुस्



  • घरको झ्याल–ढोका, सिसालगायतको धुलो सफा गर्न भिजेको कपडा प्रयोग गर्नुपर्छ । सुक्खा कपडाले धुलो सफा गर्दा यसको कण केही समय हावामा उड्छ र पछि फेरि उही ठाउँमा जम्मा हुन्छ । तर, भिजेको कपडाले धुलो टिप्ने भएकाले सफा गर्न सहज हुन्छ ।
  • मुख्य द्वारको दुवैतर्फ धुलो–माटो सोस्ने क्षमता भएको डोरम्याट राख्नुपर्छ । त्यसबाट घरलाई बाहिरी धुलोबाट जोगाउन सकिन्छ ।
  • धुलो बढी सोस्ने सरसामान कम प्रयोग गर्नुपर्छ । सबै कोठामा कार्पेट बिछ्याउनु हुँदैन र कम फर्निचर राख्नुपर्छ ।
  • झ्याल सफा गर्दा भित्रको भागलाई लम्बाइ र बाहिरको भागलाई चौडाइको दिशामा सफा गर्नुपर्छ । यसो गर्नाले दाग छुटेको थाहा पाउन सजिलो हुन्छ ।
  • काइ“योको प्रयोग भरसक बाथरुममै गर्नु राम्रो हुन्छ ।
  • हरेक महिना घरका सबै कोठाका सरसामान हटाएर भुइ“ तथा भित्ता सफा गर्नुपर्छ । भुइँमा कार्पेट ओछ्याइएको भए त्यसलाई उठाएर सफा गर्नुपर्छ । कार्पेट सफा गर्न दैनिक वा सातामा एकपटक ‘भ्याक्युम क्लिनर’ प्रयोग गर्नुपर्छ ।
  • आलमारी पनि नियमित रूपमा सफा गर्नुपर्छ । सम्भव भएसम्म कपडा ब्यागमा राख्नुपर्छ ।
  • जुत्तालाई बक्समा राख्नुपर्छ र सकेसम्म त्यसलाई सुत्ने कोठासम्म पु¥याउनु हु“दैन ।
  • काठका फर्निचर पहिले भिजेको कपडाले र पछि सुक्खा कपडाले सफा गर्नुपर्छ ।
  • बेडसिट, तकियाको खोल, पर्दा तथा कुसन कभर प्रत्येक साता बदल्नुपर्छ । यिनलाई मनतातो पानीले धुनुपर्छ ।
  • बेडरुममा कुनै प्रकारको इन्डोर प्लान्ट राख्नु हुँदैन ।
  • प्रयोग गरेपछि बाथरुम सावर सफा गर्नुपर्छ । सावरभित्र पानी जम्ने र कीटाणु फैलने भएकाले समय–समयमा त्यसको सफाइ गर्नुपर्छ ।
  • सावरको प्वाल बन्द भएमा त्यसलाई निकालेर प्लास्टिक ब्यागमा रातभर डुबाएर राख्नुपर्छ । यसो गर्दा सावरको प्वाल खुल्छ ।
  • टुथब्रस प्रयोग गरेपछि राम्रोस“ग धुनुपर्छ र सुक्खा स्थानमा राख्नुपर्छ । यसलाई हरेक तीन महिनामा बदल्नुपर्छ ।
  • भिजेको तौलियामा किटाणु फैलने सम्भावना बढी हुन्छ । तौलियालाई दिनहुँ धोएर घाममा सुकाउनुपर्छ । बिरामीका लागि छुट्टै तौलियाको व्यवस्था गर्नुपर्छ । तौलिया व्यक्तिगत हुनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्