Logo

Hello NEw

विप्लव समूहलाई सरकार प्रतिवन्ध लगाउने-सचिव, सहसचिव संरक्षण दिदै (नाम सहित)



प्रतिवन्धित विप्लव समूहलाई नेपाल सरकारकै केहि सहसचिव र सचिवस्तरका कर्मचारीले संरक्षण दिने गरेको भेटिएको छ ।
विप्लव माओवादीका कार्यकर्तालाई चन्दा दिएर उनीहरुले संरक्षण दिएको भेटिएको हो । विप्लव समूहका कार्यकर्ताबाट प्रहरीले जफत गरेको दस्तावेजहरुबाट सचिव र सहसचिवहरुले नै विप्लव समूहलाई चन्दा दिने गरेको भेटिएको हो ।


सहसचिव चुडामणि शर्मा

विवरण अनुसार निलम्वित सहसचिव चुडामणि शर्मादेखि बहालवाला सचिवहरु नै रहेका छन् । चुडामणि शर्माले ५ लाख चन्दा दिएका छन् । उनले पहिलो किस्तामा २ लाख र दोस्रो किस्तामा ३ लाख गरि कुल पाँच लाख चन्दा दिएका हुन् ।


सचिव शिषिर ढुंगाना

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सचिव शिषिर ढुंगानाले पनि चन्दा दिएका छन् । तर उनले कति चन्दा दिएको पुष्टि भएको छैन । शुरुमा विलव माओवादीले उनीसँग १० लाख चन्दा दावी गरेको थियो । तर शुरुमा उनले मानेनन् । केहि पछि सचिव ढुंगाना नरम भएको र चन्दा दिन तयार भएको दस्तावेजमा उल्लेख छ । सचिव ढुंगानालाई विप्लव माओवादीले अवसरवादी भनेर उल्लेख गरेको छ ।

चन्द्रमान श्रेष्ठ

यस्तै चन्द्रमान श्रेष्ठले १० लाख चन्दा दिन राजी भएका छन् । यो दस्तावेज नेपाल प्रहरीलाई प्राप्त हुँदासम्म पहिलो किस्तामा श्रेष्ठले ८० हजार दिएको उल्लेख छ । चन्द्रमान श्रेष्ठलाई महानिर्देशक भनिएको छ । तर शिषिर ढुंगानालाई जस्तो अवसरवादी वा अन्य कुनै आरोप लगाएको छैन ।

अर्का सहसचिव राजेन्द्रप्रसाद अधिकारीले पनि चन्दा दिएका छन् । तर उनले चन्दा दिएको अंक भने खुलेको छैन । दस्तावेज अनुसार सहसचिव अधिकारी चन्दा दिन सकारात्मक भए तर विप्लव माओवादीले प्रस्ताव गरेको रकमको आधा रकम मात्र भन्दा दिन चाहन्छन्, दस्तावेजमा उल्लेख छ । विप्लव माओवादीले उनलाई कांग्रेस निकट सहसचिव भनेर किटान गरेको छ ।

यस्तै अर्का सहसचिव मधुकर राजभण्डारी पनि चन्दा दिन सहमत भएका छन् । सहसचिव राजेन्द्रप्रसाद अधिकारी जस्तै उनी पनि चन्दा दिन तयार भएको तर प्रस्तावित रकमको आधा रकममात्र दिन चाहेको उल्लेख गरेको छ । उनलाई वाम विचारधारा राख्ने सहसचिवको रुपमा औँल्याएको छ ।

यस्तै कृषि सडक आयोजनाका निर्देशक पवनमान श्रेष्ठले पनि चन्दा दिएको खुलेको छ । उनी चन्दा दिन शुरुमै सहमत भएको उल्लेख छ । तर कति रकममा कुरा मिलेको खुलाएको छैन । चन्दा दिन सहमत तर रकम नखुलेकाहरुमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव विष्णु लम्साल, तत्कालिन महानिर्देशक रामानन्द यादव लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्