Hello NEw
बैशाख ४ गतेबाट कलंकीमा नमूना मालपोत
काठमाडौ, ३० जेठ / सरकारले बैशाख ४ गतेबाट कलंकी मालपोत कार्यालयलाई नमूना कार्यालयको रुपमा सुरु गर्ने तयारी गरेको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागले त्यसको तयारी गरेको हो । बैशाख ४ गते बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा नमूना कार्यालयको सुरुवात गर्ने तयारी छ । नमूना कार्यालय शुरु भएपछि सेवाग्राहीले प्रतिक्षालयमै बसेर सेवा पाउने विभागको दावी छ । दुई बर्ष जापान अध्ययन गरेर फर्किएका विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले विभागको नेतृत्व गर्ने वित्तिकै मालपोत कार्यालयको छवि परिवर्तन गर्ने प्रयास गरेका छन् ।
उनले नमूना कार्यालय सञ्चालनका लागि भौतिक संरचना तयार भइसकेको जानकारी दिए । विभागले ४ गतेबाट कलंकी मालपोत कार्यालयले सेवाग्राहीलाई नेपालका सरकारी निकायहरुमा सबैभन्दा उत्कृष्ट स्तरको सुविधा दिने बताएका छन् ।
नमूना कार्यालयमा हरेक काम गर्नका लागि कागजपत्र प्रयाप्त भएपछि तोकिएको समयमा कर्मचारी संयन्त्रले काम सम्पन्न गर्नेछ । काम सम्पन्न हुन नसकेमा लिखित कारण सेवाग्राहीलाई दिनुपर्नेछ ।
यसअघि यस्तै प्रकारका कार्यालय इलाम र पाँचथरमा सुरु भइसकेको छ ।
