Logo

Hello NEw

सरुवाका लागि सचिवहरुको दौडधुप



काठमाडौ १ असार । एक बर्ष सचिव सरुवा नगर्ने निती विपरित सरकारले सचिवहरुको सरुवा गर्दै आएको छ । सरकारले पुन सचिव सरुवाको गृह कार्य गरेको छ । सरुवाका लागि सचिवहरुले रुची देखाएपछि सरुवा हुन लागेको हो ।

तुलनात्मक रुपमा कमजोर, कम आकर्षक मन्त्रालयमा रहेका सचिवहरुले शक्तिशाली मन्त्रालयमा सरुवाका लागि शक्तिकेन्द्र धाउन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपाने गृह सचिव हुने जोडमा छन् । गृह सचिव प्रेमकुमार राईलाई मुख्य सचिव बनाएर गृह आफू गृह सचिव बन्ने जोडमा न्यौपाने छन् । तर मुख्य सचिव लोकदर्शन रेग्मीको तत्काल जिम्मेवारी परिवर्तन हुने सम्भावना कमजोर देखिएको छ ।
यस्तै सधै आकर्षक कार्यालयमा बस्दै आएका सचिव शिषिर ढुंगाना अर्थ मन्त्रालयको राजस्व सचिवमा फर्कन जोड दिएका छन् । उनी राजस्व सचिवबाट प्रधानमन्त्री कार्यालय तानिएका थिए । उनी फेरि त्यही भूमिकामा फर्कन खोजेका छन् ।
उद्योग मन्त्रालयबाट स्वास्थ्य तथा जनसख्या र त्यसपछि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे पाए अन्य आकर्षक कार्यालय अन्यथा प्रधानमन्त्री कार्यालय सरुवा हुन चाहेका छन् । यस्तै युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले आकर्षक मन्त्रालयमा भूमिका खोजेका छन् । विद्युतिय गाडी खरिदमा भएको वेथितीसँग जोडिएर उनको सरुवा गरिएको थियो ।
यस्तै खानेपानी मन्त्रालयका सचिव दिपेन्द्र शर्माले भौतिक योजना तथा यातायात मन्त्रालयमा जान जोड दिएका छन् । उनी प्रधानमन्त्री कार्यालयबाट खानेपानी मन्त्रालय गएका हुन् । नेपाल टष्टको कार्यालयका सचिव गजेन्द्रकुमार ठाकुर शहरी विकास मन्त्रालयमा सरुवा हुन जोड दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्