Logo

Hello NEw

सात जिल्लाका जिसस पदाधिकारीका नाममा ४७ लाख निकासा



काठमाडौ । सरकारले आर्थिक बर्षको अन्तिम साता सात जिल्लाका जिसस पदाधिकारीको सुविधाका लागि ४७ लाख निकासा दिएको छ ।

अर्थ मन्त्रालयले जिसस पदाधिकारीहरुको पारिश्रमिक शीर्षकमा थप रकम निकासा दिएको हो । अर्थ मन्त्रालयको बजेट कार्यान्वयन महाशाखाले चालु आर्थिक बर्षको रकम अपुग भएका कारण थप रकम निकासा गरेको जनाएको छ ।
मन्त्रालयले प्युठान, महोत्तरी, भोजपुर, काभ्रेपलाञ्चोक, सिन्धुपलाञ्चोक, रुकुम पश्चिम र मोरङ्गका जिल्ला समन्वय समितिका पदाधिकारीका लागि थप पारिश्रमिक निकासा भएको हो ।

प्रतिक्रिया दिनुहोस्