Hello NEw
सिंचाइ विकास डिभिजन प्रमुख अजित कुमार श्रीवास्तव र इञ्जिनियर ग्रीष्मा ठगुन्ना भ्रष्टचारी ठहर
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कञ्चनपुरका कार्यालय प्रमुख सि.डि.ई. अजित कुमार श्रीवास्तव र इन्जिनियर ग्रीष्मा ठगुन्नालाई भ्रष्टचारी ठहर गर्दै मुद्धा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई कञ्चनपुरबाट दुई लाख घुस सहित नियन्त्रणमा लिएको थियो ।

निर्माण सम्पन्न भइसकेको चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको बिल फर÷फारक गराउन श्रीवास्तव र ठगुन्नाले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको थियोे ।
दुवै जनाले भिमदत्त नगरपालिका वडा नं.१९ स्थित चौधर नदी नियन्त्रण योजनाको पहिलो रनिङ विल फरफारक गरेवापत घुस लिएको स्वीकारेका थिए । भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको प्रमाण पुष्टि भएको भन्दै अख्तियारले उनीहरूलाई जनही विगो दुई लाख कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।
