Logo

Hello NEw

संविधानको अपव्याख्या नगर्न स्थानीय तहलाई शहरी विकास मन्त्रीको चेतावनी



काठमाडौ । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले प्रदेश सरकार र स्थानीय तहले संघियताको अध्यास गर्दा संविधानको गलत व्याख्या नगर्न आग्रह गरेका छन् ।

नगरपालिका संघले बुधवार धुलीखेलमा आयोजना गरेको गोष्ठीमा मन्त्री राईले प्रदेश र स्थानीय सरकारले संघियताको अभ्यास गर्दा आफ्नो क्षेत्राधिकारको हेक्का राख्नुपर्ने बताएका हुन् ।
स्थानीय तहमा सिहदरवारको अधिकार बढी जाँदा जनताले सुख भन्दा दुःख पाउने अवस्था श्रृजना नहोस् भन्नेमा संघीय सरकार चिन्तित रहेको उनको भनाई छ । सँगै उनले सघीय सरकारले संबैधानिक अधिकार मिच्ने नचाहेको समेत स्पष्टिकरण दिए । ‘प्रदेश र स्थानीय सरकारको अधिकारमा केन्द्र सरकारले कहिलेपनि हस्तक्षेप गर्न नचाहेको छैन, उनले भने, हामी संघियता कमजोर पार्न चाहन्नौँ ।’
नगरपालिकाको गुरुयोजना नगरपालिका आफैँले बनाउने की मन्त्रालयले भन्ने विवाद छ । उनले गुरु योजना शहरी बिकास मन्त्रालयले नै बनाउने र शहरी विकास मन्त्रालयले स्थानीय तहको सम्पर्क मन्त्रालय हुने जिकिर गरे । गोष्ठिमा नगरपालिकाको भावी रणनीतिक योजनावारेमा छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्