Logo

Hello NEw

रामनगर गाउँपालिकाका इन्जिनियर रामजी बाबु यादव ५० हजार घुस सहित रंगेहात पक्राउ



साउन ३, काठमाडौ । रामनगर गाउँपालिका,सर्लाहीका ईन्जिनियर रामजी बाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार घुस सहित पक्राउ गरेको छ ।

गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने कामको भुक्तानी दिए बापत सेवाग्राहीसँग घुस लिइरहेको बेला उनी पक्राउ परेका हुन् । उनलाई घुस लिइरहेको अवस्थामा मलंगवा नगरपालिका वडा नं.१०, अशोका होटलबाट रङ्गेहात नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्