Logo

Hello NEw

यसरी बढाउनुस् आँखाकाे सुन्दरता



आँखा हाम्रो शरिरको महत्वपूर्ण अंग हो । संसार देख्ने यो अंगलाई सुन्दर मानिन्छ । आँखा संसार चिआउने अंग भएकोले यो स्वस्थ हुनु आवश्यक छ । अनुहारको सुन्दरता बढाउन पनि आँखाले भूमिका खेल्छ । कोही मानिस जन्मँदै सुन्दर आँखा लिएर जन्मेका हुन्छन् । कतिले विभिन्न प्रक्रियाबाट पनि आफनो आँखालाई राम्रो बनाइरहेका हुन्छन् । धेरै मानिसलाई आफूतिर आकर्षित गर्नमात्र होइन ध्यान आफूतिर खिच्न पनि आँखाको लागि युवतीह? लगानी गर्ने गर्छन् । मेकअपले मात्रै आँखा सुन्दर हुँदैन । आँखाको बनोट अनुसार पनि आँखाको स्याहार गर्न सकिन्छ ।
– आँखा साना साना छन् भने तल्लो भागमा गाजल लगाउँदा राम्रो हुन्छ । यस्तो आँखा भएकालाई आइलिडमा मात्रै हल्का गाजल मात्रै भन्दा पनि आइलिडभन्दा तलबाट गाजल लगाउँदा राम्रो देखिन्छ ।


– आँखाको गोलाइ छोटो भएकाको पनि विकल्प छ । मेकअपबाट आँखा ठूलो देखाउन आँखाको लाइनभन्दा बाहिरसम्म आइलाइन या आइपेन्सिल कोर्न सकिन्छ ।
– प्रायः ठूलो आँखा हुनले तल्लो भागमा नभई माथिल्लो भागमा मात्रै गाजल लगाउँदा राम्रो देखिन्छ । गाजल तल्लो भागमैं लगाउन मन लागेको हो भने आइलिडमा मात्रै हल्का लगाउन सकिन्छ ।
– आँखाको मुनी सुन्निएको वा झोलिएको छ भने यो भागमा डार्क कलरको बेस तयार गर्दा राम्रो हुन्छ । डार्क बेसले आइब्यागको नराम्रोपन छोप्छ ।
– आँखावरिपरि डार्क सर्कल भएमा यसबाट पनि छुटकारा पाउन सकिन्छ । लाइट कलरको बेस तयार गरेर यसबाट छुटकारा पाउन सकिन्छ । लाइट कलरले डार्क सर्कल छोपिदिन्छ र फेसको अन्य भागको छालासँग मिल्दो बनाइदिन्छ ।
– तपाईंको आँखा लाम्चा आँखा छन भने आँखाको लाइनभन्दा भित्रसम्म आइलाइनर –आइपेन्सिल कोर्न सक्नुहुनेछ । आइलाइनर–आइपेन्सिल लगाउँदा आँखाको बीच भागबाट सु? गरी छेउछेउसम्म तान्ने गर्नुपर्छ ।
धूलो धुवाबाट र बाहिरको कामबाट फर्किएपछि आँखा सफा बिर्सनुहुँदैन ।
बेलाबेलामा आँखाको डाक्टरसँग चेकअप गर्न जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्