Logo

Hello NEw

बालुवाटार जग्गा प्रकरणमा राजनीतिक नेतृत्वलाई उम्कन नदिन दवाव



काठमाडौ ६ साउन । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न राजनैतिक पदाधिकारीलाई कुनै हालतमा उन्मुक्ति नदिन माग गरेको छ ।

ट्रान्सपरेन्सीले सोमबार विज्ञप्ती निकालेर उक्र प्रकरणमा संलग्न भएकाहरु जतिसुकै शक्तिशाली भएपनि कानूनी कारवाहीमा लैजान माग गरेको हो । सरकारी जग्गा व्यक्तिका नाममा हक हस्तान्तरण हुने गरि अनियमिता हुँदा कर्मचारी सहित पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरुको समेत संलग्नता देखिएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।
‘यस बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगवाट स्वतन्त्र, निष्पक्ष र निर्भिकता पूर्वक अनुसन्धान कार्य सम्पन्न गरि दोषीहरुलाई कानूनी कारबाहीको कठघरामा उभ्याइनु पर्दछ, ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले आफ्नो विज्ञप्तीमा भनेको छ, ‘प्राय सबै ठुला अनियमितता एवं भ्रष्टाचारका काण्डहरु राजनैतिक नेतृत्वको संलग्नता विना कर्मचारीहरुको चाहनाले मात्र हुन प्राय असम्भव छ । भ्रष्टाचारका घटनाहरुमा प्राय कर्मचारीहरु माथी दोष थोपरेर राजनैतिक नेतृत्व सधै उम्कने बिडम्बनापूर्ण स्थिति हाम्रो मुलूकमा छ । त्यस्तो नहोस् ।’

प्रतिक्रिया दिनुहोस्