Hello NEw
समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर
सुमन खड्का
१. विश्वमा पहिलोपटक विदेश महिला मन्त्रीहरुको सम्मेलन कहिले र कहाँ भयो ?
– सन् २०१८ सेप्टेम्बर २१ देखि २२ सम्म क्यानडामा
२. लुपस के हो ?
– लुपस एक किसिमको बाथ रोग हो । यो एउटा इम्युन रोग हो जसले छाला, जोर्नी, मृगौला, मष्तिक लगायत विभिन्न अंगहरुलाई प्रभावित गर्दछ । लुपसले गर्दा चिसो पानीमा हाल राख्दा हातको रङ सेतो वा रातो हुन्छ, लामो समयसम्म लगातार ज्वरो आइरहन्छ ।
३. नेपालमा शालिग्राम संग्राहलय कहाँ स्थापना गरिने भएको छ ?
– बागलुङ
४. साउदी अरेबियन महिलाहरुले श्रीमान र पुरुष सहयोगी बिना आफैले व्यापार व्यवसाय खोल्न पाउने व्यवस्था कहिलेबाट सुरु भयो ?
– सन् २०१८ फेब्रुअरी १९
५. मदन भण्डारी गोल्डकप २०७५ को उपाधि कुन टीमले जित्यो ?
– त्रिभुवन आर्मी क्लब
६. हाल अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रमुख को हुन् ?
– जिम ब्रिडेनस्टाइन
७. नेपाल सरकारले सत्यमोहन जोशीलाई कहिले वाङमय शताब्दी पुरुषको घोषणा ग¥यो ?
– बि.स. २०७४ बैशाख २१
८. ऐतिहासिक महत्वको रुपमा परिचित भोपुर दरबार कुन जिल्लामा रहेको छ ?
– बझाङ
९. एन्फा दिवसको अवसर पारेर विशेष योगदान अवार्डबाट कुन खेलाडी सम्मानित भए ?
– नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्डद्धय अनु लामा र जुमानु राई
१०. विश्वको पहिलो महिला सेनाध्यक्ष नियुक्त गर्ने देश कुन हो ?
– स्लोभेनिया (सन् २०१८ नोभेम्बर २८ मा ५५ वर्षिया मेजर जनरल एलेन्का एर्भेन्क नियुक्त भएकी)
११. नेपालमा न्यायाधीशहरुको तेश्रो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो ?
– बि.स. २०७५ चैत्र २० देखि २२
१२. “एक हप्ता एक दिन, खेतबारीमा केही छिन्” नामक अभियान सञ्चालन गर्ने स्थानीय तह कुन हो ?
– धुलिखेल नगरपालिका
१३. २०७६ बैशाख १६ गते प्रकाशित राजपत्र अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रममा प्रदेश लोक सेवा आयोगका अध्यक्ष कति औं स्थानमा रहने व्यवस्था छ ?
– १५ औं स्थानमा
१४. विश्वको स्वस्थ्य देशको सूची २०१९ अनुसार नेपाल कति औं स्थानमा रहेको छ ?
– ११० औं स्थानमा
१५. विदेशी र नेपालीको संयुक्त पूँजी लगानी गरेर सञ्चालन गरिएको पहिलो बैंक कुन हो ?
– नेपाल अरव बैंक लिमिटेड
१६. म पनि चौकीदार अभियानको सुरुवात भारतमा कहिले बाट भयो ?
– स्न २०१९ मार्च १६
१७. नेसनल आइसिटी अवार्ड २०१९ कसलाई प्रदान गरियो ?
– नेपाल प्रहरी
१८. तेह्र नेपाली कविद्धारा लेखिएको पहिलो महाकाव्य कुन हो ?
– आरोहण
१९. कम्प्युटर क्षेत्रको नोबल पुरस्कार मानिने ट्युरिङ अवार्ड २०१८ कसलाई प्रदान गरियो ?
– जीओफ्री हेन्टन, यान लेनिन र योशु बेन्जिओ
२०. भगवान गौतम बुद्धलाई आफ्नो श्रीमान भनी बेइजत गर्न खोेज्ने महिलो को हुन् ?
– चिन्चा माणविका
