Hello NEw
कुवेतले जित्दा फाइदा नेपाललाई, अझै फाइदाको लागि जित्ला सिंगापुर ?
टी २० वल्र्ड कप एसिया क्षेत्र छनोट खेल अन्तर्गत आज बिहान भएको खेलमा कुवेतले कतारलाई हराएपछि नेपाललाई फाइदा पुगेको छ । दाबेदार मानिएको नेपाल पहिलो खेलमैं कतारसँग पराजित भएर दबाबमा आएको थियो । तर, दोस्रो खेलमा ९ ओभरमा छोट्याइएको खेलमा नेपालले मलेसियालाई सहज रुपमा ७ विकेटले पराजित गर्यो । त्यस्तै, कुवेतले कतारलाई पराजित गरेपछि कतार अब शीर्ष स्थानमा पुग्ने अवसरबाट बञ्चित भएको छ ।

नेपालको लागि सिंगापुरले जित्नुपर्ने
नेपालले अब भोलि बिहान कुवेतसँग खेल्नेछ । कुवेतलाई हराएर मात्रै पनि पुग्ने छैन । अहिले भइरहेको खेलमा मलेसियाविरुद्ध सिंगापुरले जित्दा नेपाललाई फाइदा हुनेछ । किनकी मलेसियाले सिंगापुरलाई पराजित गरे । अन्तिम बाँकी सबै खेल जित्दा नेपाल र मलेसियाको समान ६ ६ अंक हुनेछ । यस्तोमा रनरेटमा अगाडि हुने टोली विश्व क्वालिफायरको लागि छानिन्छ ।
जारी खेलमा मलेसियाले सिंगापुरका लागि ९३ रनको लक्ष्य दिएको छ । यो लक्ष्यलाई सिंगापुरले भेट्याएमा बाँकी दुई खेल जित्दा नेपाल पहिलो हुनेछ । यसमा रनरेट हेरिनेछैन । दुई खेल जित्दा नेपालको ६ अंक हुनेछ । सिंगापुरको आज जित्दा ५ अंक हुनेछ । अन्तिम खेलमा नेपालसँग पराजित भए अंक हुने छैन । र नेपाल पहिलो हुनेछ । दोस्रो खेलमा चोटका कारण नलेखेका कप्तान पारस खड्का फिट हुनु नेपालको लागि सुखद हुनेछ । आज बिहान पहिलो ब्याटिङ गर्दै कुवेतले १९७ रनको विशाल लक्ष्य खडा गरेको थियो । प्रतियोगितामा कमजोर मानिएको कुवेतले यति धेरै रन बनाएपछि अब नेपाल उसँग पनि तर्सिर्नुपर्ने भएको छ । धेरै रन पछ्याए पनि कतारले २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनाएर १० रनको हार बेहारेको थियो ।
