Hello NEw
जित्यो सिंगापुर, अब नेपालले कुवेत र सिंगापुरलाई पराजित गर्नुपर्ने
नेपालको लागि निक्कै महत्वपूर्ण मानिएको खेलमा सिंगापुरले मलेसियालाई पराजित गरेको छ । ९३ रन पछ्याएको सिंगापुरले १३.२ ओभरमा २ विकेट गुमाएर ९६ रन बनाउँदै ८ विकेटले जित्याे । अब नेपालले भोलि कुवेत र पर्सी सिंगापुरलाई पराजित गरे नेपाल विजेता हुँदैै टी २० विश्व क्वालिफायरका लागि छानिनेछ ।

दुई खेल जित्दा नेपाल पहिलो हुनेछ । यसमा रनरेट हेरिनेछैन । दुई खेल जित्दा नेपालको ६ अंक हुनेछ । सिंगापुरको आज जित्दा ५ अंक भएको छ । अन्तिम खेलमा नेपालसँग पराजित भए अंक हुने छैन । र नेपाल पहिलो हुनेछ । दोस्रो खेलमा चोटका कारण नलेखेका कप्तान पारस खड्का फिट हुनु नेपालको लागि सुखद हुनेछ । आज बिहान पहिलो ब्याटिङ गर्दै कुवेतले १९७ रनको विशाल लक्ष्य खडा गरेको थियो ।
