Hello NEw
प्रधानमन्त्री र मन्त्रीहरुवीच करार सम्झौता
काठमाडौ १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्ना प्रत्येक मन्त्रीसँग छुट्टा छुट्टै कार्यसम्पादन करार सम्झौता गरेका छन् ।
एक बर्षमा मन्त्रालयले गर्ने कामको कार्ययोजना हेरेपछि प्रधानमन्त्री ओलीले हरेक मन्त्रीसँग छुट्टा छुट्टै कार्यसम्पादन करार सम्झौता गरेका हुन् । प्रधानमन्त्रीले मन्त्रीसँग गरेको करार सम्झौतामा सरकारको नीति तथा तथा कार्यक्रम, बजेट र १५ औँ योजनाले लिएको लक्ष्य अनुसार काम गर्ने प्रतिवद्धता मागिएको छ । यस्तै ती लक्ष्य प्राप्तिका लागि नीति निर्माण गर्ने र आफ्नो नेतृत्वको टिमलाई परिचालन गरेर परिणाम दिनुपर्ने प्रतिवद्धता मागिएको छ । सम्झौता अनुसार काम नहुँदा मन्त्रीहरु हट्न सक्ने प्रधानमन्त्री कार्यालयको ब्याख्या छ ।
यस्तै मन्त्रीहरुले आफ्ना सचिवसँग कार्यसम्पादन करार सम्झौता गर्नेछन । सचिवहरुसँग हुने करार सम्झौतामा मन्त्रालयको बार्षिक कार्ययोजनामा उल्लेख भएका लक्ष्यहरु भेट्ने र तोकिएको परिणाम निकाल्ने उल्लेख छ । यस्तै सचिवहरुले भने आफ्नो मन्त्रालयका महाशाखा प्रमुखहरुसँग करार सम्झौता गरिसकेका छन् ।
