Logo

Hello NEw

महिला बालबालिका मन्त्रालय बार्षिक लक्ष्यमा ८० प्रतिशत सफल (प्रगति प्रतिवेदन सहित)



काठमाडौ १५ साउन । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले गत आर्थिक बर्षको कार्ययोजनामा करिब ८० प्रतिशत सफलता प्राप्त गरेको भेटिएको छ ।


गत चालु आर्थिक बर्षमा मन्त्रालयले राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रमलाई थप २९ जिल्लामा विस्तार गरेको हो । यसअघि उक्त कार्यक्रम विभिन्न १४ जिल्लामा मात्र संचालित थियो ।
यस्तै एक हजार ९ सय २० जनालाई तालिम दिएको हो । मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका हुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट, सल्यान, रुकुम पूर्व, म्याग्दी, गोरखा, धादिङ, दोलखा, सोलुखुम्बु र भोजपुर जिल्लाका २५ जना गर्भवती तथा सुत्केरी महिलाहरुको हवाइ उद्धार गरेको जनाएको छ ।
यस्तै हरेक वर्ष जेठ १६ गतेलाई “राष्ट्रिय महिला अधिकार दिवस“ मनाउने निर्णय गरेको र देशभरिका ५७५ जना महिला जनप्रतिनिधि सहित “लैंगिक हिंसा विरुद्धको अभियान वर्ष“ घोषणा गरिएकोलाई पनि मुख्य उपलब्ध मानेको छ ।
मन्त्रालयले मानव वेचविखन तथा ओसापसारमा परी अलपत्र परेका ३११ नेपालीलाई भारत र म्यान्मारबाट उद्धार तथा स्वदेश फिर्ति गरिएको, जोखिमपूर्ण अवस्थामा रहेका २ हजार ६२९ जना बालबालिकालाई आपतकालीन उद्धार र संरक्षण प्रदान गरिएको विषयलाई मन्त्रालयले मुख्य उपलब्धीको रुपमा औँल्याएको छ ।
यस्तै हराएका २ हजार ९४९ जना मध्ये १६८३ बालबालिकालाई उद्धार, पुनस्थापना र परिवारमा पुर्नमिलन गराईएको थियो ।
बाँकी प्रगति प्रतिवेदन जस्ताको तस्तै

13.-women-ministry-last-updated-pdf

प्रतिक्रिया दिनुहोस्