Logo

Hello NEw

एक बर्षमा के के गरे श्रम मन्त्री गोकर्ण विष्टले ? यस्तो छ विष्टको रिर्पोट कार्ड



काठमाडौ १५ साउन । श्रम तथा रोजगार मन्त्रालयले गत आर्थिक बर्ष गरेको मुख्य कामहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयनलाई बिशेष महत्व दिएको छ । मन्त्रालयले आर्थिक बर्षको अन्त्यमा प्रधानमन्त्री समक्ष पेश गरेको प्रतिवेदनमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गर्नु सबैभन्दा ठूलो उपलब्धीको रुपमा पेश गरेको हो ।


यस्तै त्यसपछि सामाजिक सुरक्षा योजना कार्यक्रम शुरु भएकोलाई पनि मुख्य उपलब्धीको रुपमा लिएको छ । मन्त्रालयले बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना वि.सं. २०७५ स्वीकृत गरेको, श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गरेको, श्रम अडिटको कार्यान्वयन, राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनालाई प्रमुख उपलब्धीको रुपमा प्रस्तुत गरेको छ । यसैगरि मलेशिया,जापान, संयुक्त अरव ईमिरेट्स र मौरिसस सरकारसँग द्विपक्षीय श्रम समझदारी, वैदेशिक रोजगार सेवाको सातै प्रदेशमा विकेन्द्रीकरण र स्वीजरल्याण्डको जेनेभामा गत जुनमा सम्पन्न शतवार्षिकी सम्मेलनलाई प्रधानमन्त्रीले गरेको सम्बोधनलाई पनि उपलब्धीको रुपमा औँल्याएको छ ।

moless-presentation

प्रतिक्रिया दिनुहोस्