Logo

Hello NEw

कानून निर्माण प्रक्रियाका आधारभूत सिद्धान्त र नेपालमा कानून निर्माण गर्दा अवलम्वन गरिने चरणहरु



भुवन ज्ञवाली

कानून निर्माण प्रक्रियाका आधारभूत सिद्धान्त र नेपालमा कानून निर्माण गर्दा अवलम्वन गरिने चरणहरु उल्लेख गर्नुहोस् ।

कानून निर्माण प्रक्रियाः समाजलाई अनुशासित र मर्यादित बनाउन, चलिरहेको रीतिरिवाज, प्रथा, परम्परा, नीति नियमहरुको समग्रतालाई कानुन भनिन्छ । कानून एक सवल आदेश हो । कानुन राज्यको उद्देश्य हासिल गर्ने माध्यम हो । कानून औपचारिक र अनौपचारिक हुन्छन् । राज्यले न्यायिक दस्दावेजहरु निर्माण गर्ने क्रममा अपनाउने सम्पूर्ण विधि, प्रक्रियाहरुको समष्टिलाई कानून निर्माण प्रक्रिया भनिन्छ । कानून निर्माण प्रक्रिया हरेक देशको संवैधानिक व्यवस्था, पद्धति, कानूनी प्रावधान र अपनाएको शासन व्यवस्था अनुरुप फरक-फरक हुन सक्छ ।

कानून निर्माणका आधारभूत सिद्धान्तहरुः

  • सवै सभासद्हरु कानून निर्माणका दृष्टीले समान हुन्छन् (Principle of equality) ।
  • कानून निर्माण गर्दा पारदर्शी रुपमा निर्माण गर्नुपर्छ (Transparency) ।
  • क्रमबद्धको चरण पालना (अनुसरण) गर्नुपर्दछ (Neutrality) ।
  • सामान्यतया अल्पमतको सम्मान गर्दै वहुमतले कानून वनाउनुपर्छ (Majority respect to Minority)।
  • वाक तथा अभिव्यक्ति स्वातन्त्रता सुनिश्चित हुनुपर्दछ (Principle of Freedom of speech and expression)।
  •  विविधताले देशका जनताहरुवीच धारणागत पृथकतालाई जनाउँदछः उमेर, जात, भर्म, कार्यात्मक अर्थात पेशा, भौतिक, भौगोलिकता, जीवनशैलफ आदि विभिन्न पक्षलाइ समेट्दछ ।

कानून निर्माणको चरणहरुः

कानून निर्माण गर्ने अधिकार प्राप्त विधायिकाले आवश्यक विचार, विर्मश र व्यापक छलफल गरी निर्धारित विधि, पद्घती अनुरुप निर्माण गर्नु पर्दछ । औपचारीक कानुन निर्माणको अंग विधायिकाको हो । जसले निश्चत विधि र प्रक्रियामा रहेर निर्माण गर्दछ । जसका चरणहरु देहाय वमोजिम उल्खेख गर्न सकिन्छः

  • पूर्व विधायिकी चरणः
  • आवश्यकताको पहिचान,
  • सन्दर्भको पुनरावलोकन,
  • पारम्भीक मस्यौदा,
  • मस्यौदा उपर सरोकारवालासंग छलफल,
  • अन्तीम मस्यौदा, सरकारी विधेयकको हकमा भने कानून तर्जुमाका लागि मन्त्रिपरिषद् बाट सैद्धान्तिक स्वीकृति आवश्यक पर्दछ । अन्तिम मस्यौदालाई मन्त्रिपिषद्ले पारित गरी सरकारी विधेयकको रुपमा संसदमा दरता गरिन्छ ।
  •  विधायिकी चरणः
  • दर्ता,
  • तालिकिकरण,
  • छलफल (प्राथमिक छलफल (सैद्धान्तिक विषयमा), दफावार छलफल, विधेयकले समावेश गरेको विषयवस्तुमा छलफल)
  • विधेयक पारित गर्ने वा नगर्ने निर्णयका लागि,
  • संशोधन- छलफलका प्रत्येक चरणमा संशोधन प्रस्ताव पेश गर्न सकिन्छ ।
  • प्रमाणीत- सामान्यतया सभामूखबाट गरिन्छ ।
  • प्रमाणीकरण-सामान्यतया राष्ट्रप्रमुखबाट गरिन्छ ।

निश्कर्षः

कानून समाजलाई व्यवस्थित र निर्देशित गर्ने एउटा औजार हो । यसको अज्ञानता कसैलाई पनि क्षम्य नहुने हुँदा कानून निर्माण प्रक्रिया वस्तुपरक र आवश्यकताको पहिचान, व्यापक छलफल र निर्माण भएको कानून कार्यान्वयनलाई व्यवहारिक वनाई व्यवस्थित रुपमा लागु गर्नका लागि सवैको तत्परता रहनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्