Logo

Hello NEw

नागरिक समाजको अवधारणा उल्लेख गर्दै राष्ट्र निर्माणमा नागरिक समाजको भूमिकाबारे लेख्नुहोस्



नागरिक समाजको अवधारणा 

यसलाई विद्धानहरुले नागरिकहरुको साझा हितका विषयमा कुराकानी गर्ने साझा मञ्च वा थलोको रुपमा परिभाषित गरेका छन् ।

  • सर्वप्रथम युरोपमा त्यहाँका जनताले सरकारको निरंकुशताको विरोध गर्न free zone/ free area को अवधारणा अगाडि सारे । Free zone अभियानले सफलता पाउदै जाँदा निरंकुशता ढल्यो र नागरिक समाजको विकास भयो ।
  • नागरिक समाज गैर राजनीतिक, गैरनाफामूलक, लोककल्याणमा केन्द्रित, स्वेच्छिक सदस्यहरुको सामाजिक संगठन हो । जस्तै बाल समुह, उपभोक्ता समुह, पेशागत संघ संगठनहरु आदि । यसले स्थानीय देखि अन्तराष्ट्रिय स्तरमा सचेत कार्य गरिरहेको छ ।
  • सार्वजनिक सरोकारका विषयमा प्रतिक्रिया जनाउने नागरिकको समूह नै नागरिक समाज हो । यो राम्रो कामको पक्षमा र खराब कार्यको विपक्षमा आवाज निकाल्ने सार्वजनिक मञ्च हो ।
  • आर्थिक स्वार्थ विनानै स्वेच्छिक र स्वतः स्पूmर्तरूपमा संगठित जनताको समूहलाई नागरिक समाज भनिन्छ । वर्तमानमा नागरिक समाजलाई शासनको एक साझेदार एवं सार्वजनिक हित र सामाजिक न्यायका लागि निरन्तर पैरवी गर्ने Watch Dog का रुपमा लिइन्छ ।

राष्ट्र निर्माणमा नागरिक समाजको भूमिकाः

समाजमा विद्यमान विविधताको व्यवस्थापन भई देशको नाममा सबै एकजुट हुन सक्ने अवस्थाको सिर्जना नै साँचो र सही अर्थमा राष्ट्र निर्माण हो । राष्ट्र निर्माण प्रक्रियामा नागरिक समाजले निम्न भूमिका निर्वाह गर्न सक्छ ।

  • अशिक्षित र अर्धशिक्षित नागरिक बीच राष्ट्रिय चेतनाको प्रवाह गर्ने कार्य नागरिक समाजले गर्न सक्छ ।
  • देशमा रहेको समाजिक र सांस्कृतिक विविधताको विश्लेषण र सशक्तिकरण गरी साझा धारणा निर्माण गर्न सक्छ ।
  • राष्ट्रिय चिन्ह, प्रतिक, गीत, झण्डा, रंग आदिको सम्मान गर्ने भावना जनतामा जागृत गर्न यसले बहस र सचेतानाका कार्यक्रम सञ्चालन गर्न सक्छ ।
  • सामाजिक, सांस्कृतिक परम्परा रितिरिवाज र कला साहित्यको प्रवर्धनमा पेशागत र बौद्धिक समुदायले सहयोगी क्रियाकलाप संचालन गर्न सक्छन् ।
  • सामाजिक रुपमा हुने बञ्चितिकरण र बहिस्करण विरुद्ध सशक्त खबरदारी र जनचेतना प्रवाह गरी मूल राष्ट्रिय भावना निर्माणमा जोड दिन सक्छ ।
  • राज्यको मूल कानून र अन्य कानून बारे प्रचार प्रसार गरी कानून परिपालनाको लागी सहयोग र सहकार्य गर्न सक्छ ।
  • बहु प्रकारका नागरिक स्वार्थलाई सामाजिक संस्थाको माध्यमबाट इच्छा र विचारका आधारमा नीति निर्माणमा सहयोग र दबाव दुवै सृजना गर्न सक्छ ।
  • विकासमा जनसहभागिता प्रवद्र्धनको लागि जनजागरण सृजना गर्न सक्छ ।
  • राष्ट्रिय विभूती, भाषा, राजनेता, प्रतिक, चिन्ह आदिको प्रचारप्रसार र त्यसप्रतिको सामाजिक स्वीकृतिको स्तरवृद्धिको लागि समुदायमा विभिन्न कार्यक्रम संचालन गर्न सक्छ ।

समग्रमा, परिवार भन्दा ब्यापक र राज्य भन्दा अलग अस्तित्व भएको, समुदायमा आधारित कार्यहरुमा समर्पित समूहको रुप नै नागरिक समाज हो । सिद्धान्तत नागरिक समाजले लोककल्याणकारी कार्य मात्र गर्छ, जसले गर्दा समाजमा विखण्डन र विभाजन हुन पाउँदैन । फलस्वरुप राष्ट्रिय एकता मजबुद हुन्छ र राष्ट्र निर्माणमा सहयोग पुग्दछ ।

प्रतिक्रिया दिनुहोस्