Logo

Hello NEw

यस्तो छ, गृह मन्त्रालयको एक बर्षे कार्ययोजना



काठमाडौ २७ भदौ । गृह मन्त्रालयले चालु आर्थिक बर्ष मन्त्रालय अन्तरगत ८७ वटा क्रियाकलापहरु सञ्चालन गर्दैछ ।

त्यसअन्तरगत विभिन्न प्रकारका १ सय ४६ वटा संचार सेट देखि हतियार र सुरक्षा जाँचसम्वन्धि उपकरणहरु खरिद गर्नेसम्मका कार्यक्रम छन् । शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, विपद जोखिम न्यूनिकरण, राष्ट्रिय परिचय पत्र व्यवस्थापन, सामाजिक सुरक्षा तथा घटना दर्ता व्यवस्थापन, लागू औषध नियन्त्रण लगायत शीर्षक अन्तरगत ८७ क्रियाकलाप सम्पन्न गर्ने लक्ष्य राखेको हो । मन्त्रालयले यीनै विषय अन्तरगत ३ सय १७ माइलस्टोन पुरा गर्ने लक्ष्य राखेको छ । चालु आर्थिक बर्षका लागि मन्त्रालयले तयार पारेको वृस्तीत कार्ययोजना निजामति खबरले प्राप्त गरेको छ । कार्ययोजना पिडिएफ भर्सनमा पढ्न सक्नुहुनेछ । पाठकले अन्य मन्त्रालयको कार्ययोजना पनि पढ्न रुची राखेमा हामी यसै अनलाइनबाट सार्वजनिक गर्नेछौँ । तपाई कुन मन्त्रालयको बार्षिक कार्यक्रम पढ्न चाहनु हुन्छ, समाचारको अन्तिममा कमेन्ट बक्समा कमेन्ट गरिदिनुहोला ।

Home-ministry

प्रतिक्रिया दिनुहोस्