Logo

लोकसेवा परीक्षा तयारी कसरी गर्ने ? सचिव गाेपीनाथ मैनालीकाे टिप्स



गोपीनाथ मैनाली, सचिव नेपाल सरकार

विद्यालय /कलेज / विश्वविद्यालयको पढाईको चारण पार गर्न लाग्दा धेरैजसो विद्यार्थीहरुको मनमा एक प्रश्न उठ्ने गर्छ, अव के जागीर खाने ? शैक्षिक उपाधिपछि काम खोज्नु राम्रो हो । ब्यक्ति विना काम बस्न सक्दैन । तर व्यक्तिको इच्छा तथा अभिमुखीकरणले बृत्ति चयनलाई निर्धारण गर्दछ । सवैका अपेक्षा एकै खालका हुदैनन्, कोही स्वरोजगार हुन चाहन्छन्, धेरैजसो भने जागीरको इच्छामा हुन्छन् । त्यसमध्ये पनि कोही निजी/संस्थात्मक क्षेत्रमा बृत्ति विकास गर्न चाहन्छन् भने कोही सार्वजनिक ९सरकारी० सेवामा संलग्न भै सार्वजनिक बृत्ति अवलम्वन गर्ने चाहना राख्छन् । नेपालमा निजी क्षेत्रको विकास भैसकेको छैन । सीमित उद्योग, कलकारखाना, बैंक, विद्यालय र सीमित रुपमा बहुराष्ट्रिय संस्था र गैरसरकारी क्षेत्रले बर्षेनी श्रम बजारमा जागिरको खोजीमा प्रवेश गर्ने युवाहरुको निकै सानो अंश मात्र खपत हुन्छ । पहूँचको दृष्टिमा पनि सवैलाई समान पहुँच हुने क्षेत्र होइन । सार्वजनिक क्षेत्रले पनि निकै थोरै मात्र युवालाई बृत्ति अवसर दिन्छ । तर सार्वजनिक क्षेत्र सवैको समान पहूच भएको क्षेत्र हो, सवैको समान अवसर र दावी रहने क्षेत्र हो । सवैको अपनत्व रहने क्षेत्र पनि हो । त्यसैले सार्वजनिक सेवामा युवाहरुको आकर्षण धेरै छ । तर धेरैजसो विद्यार्थीहरु सरकारी जागरीमा कसरी प्रवेश गर्ने ? के कस्ता विषयबस्तु बढ्ने ? परीक्षामा उत्तिर्ण कसरी हनु भन्ने विषमा जानकार हुदैनन् । प्रस्तुत लेख विश्वविद्यालयको पढाई पछि लोकसेवा आयोगको परीक्षामा सफलता कसरी हा पार्ने ? परीक्षा पास हुने रणनीति के हुनुपदछ भन्ने विषयमा केन्द्रीत छ ।
परीक्षा तयारी सावधानीपूर्वक गर्नु पर्दछ, हरेक विषयबस्तुलाई गम्भीरतापूर्वक लिनुपर्दछ । परीक्षामा सफल हुनका लागि धेरै मिहेनत गर्नुभन्दा पनि गम्भीर भएर खास विषयबस्तुको अध्ययन गरी त्यसैअनुरुप परीक्षामा प्रस्तुत भएमा परीक्षामा सफलता हासिल गर्न सहजै सकिन्छ ।

पाठ्यक्रम पहिलो शिक्षक
आफूले जुन पदका लागि आवेदन गर्ने हो, त्यसको पाठ्यक्रम सवैभन्दा महत्वपूर्ण शिक्षक हो । खास पदका लागि के के विषयमा जानकारी राख्नुपर्छ । सो लोकसेवा आयोगले प्रकाशन गरेको पाठ्यक्रममा स्पष्ट उल्लेख गरेको हुन्छ । पाठ्यक्रमले समेट्ने विषय कुनै पनि पदले गर्नुपर्ने कामसंग सम्बन्धित हुन्छ । परीक्षा सफल भएपछि के कस्ता विषयमा जानकारी राख्नु पर्दछ, सामान्यतः त्यही नै कुरा पाठ्यक्रममा समावेश गरिएको हुन्छ ।
आयोगले पाठ्यक्रम बताएपनि पाठ्यपुस्तक न प्रकाशन गर्छ न सिफरिस नै । त्यसैले विद्यालय /विश्वविद्यालय भन्दा भिन्न रुपमा परीक्षाको तयारी गर्नुपर्दछ । विद्यालय/विश्वविद्यालयमा राम्रो अंक ल्याएमा सफल भइन्छ, तर लोकसेवा आयोगको परीक्षा राम्रो अंक / स्तर भएर मात्र सफल भइन्छ भन्ने होइन, अरुलाई जित्न सक्नुपर्छ । किनकी सीमित पदका लागि प्रतिस्पर्धात्मक परीक्षामा सामेल हुने उम्मेदवारले अरुकोभन्दा राम्रो गर्नु पर्दछ, अनि मात्र सफल भइन्छ ।
पाठ्यपुस्तक कुन हो भन्ने विषयमा पनि अस्पष्टता रहन सक्छ । कानुन, नियमहरुका हकमा सरकारले प्रकाशन गरेका पुस्तकहरु परीक्षाका सन्दर्भ सामग्री हुन सक्छन् तर सैद्धान्तिक विषयका लागि सन्दर्भ सामग्री यही नै हो भन्न सकिन्न । सकेजति विश्वासिला प्रकाशनहरुको सहयोग लिनु पर्दछ । व्यापारिक प्रकृतिबाट बजारमा आएका गाइडहरु त्यति भरपर्दा नहुन सक्छन्, लेखकको अनुभव, क्षमता र स्तरका आधारमा नै त्यो गाइड कत्तिको उपयोगी हो भन्न सकिन्छ ।
पाठ्यक्रमलाई आधार मानेर पाठ्य सामग्री संकलन गर्ने, सकेसम्म आधिकारिक सामग्रीको भरपर्ने, आयोगको परीक्षा प्रणाली बुझेका र परीक्षामा पास भएका आफन्त र जानकारहरुको सल्लाह अनुसार सन्दर्भ सामग्री संकलन गर्न सकिन्छ । तर पाठ्यक्रमले भनेभन्दा धेरै कुराहरु पढ्नु आवश्यक छैन ।
सहायक पदका लागि सामान्य जानकारी राख्ने गरी तयारी गरे हुन्छ भने अधिकृत पदका लागि विषयवस्तुको विस्तृत र विश्लेषणात्मक जानकारी चाहिन्छ । सहायका लागि बस्तुगत र संक्षिप्त उत्तर खोज्ने प्रश्नहरु सोधिएका हुनछन् भने अधिकृतका लागि विषयगत र विश्लेषणात्मक उत्तर मागिएको हुन्छ । अधिकृत तहका माथिल्ला पदहरुको प्रश्नमा मौलिक निष्कर्ष र समस्याको व्यावहारिक सुझाव खोजिएको हुन्छ । यी सवै कुरा पाठ्यक्रमले निर्धारण गरेको हुन्छ । यसर्थ पाठ्यक्रमलाई आधार मानेर तयारी गर्नु पर्दछ ।

लोकसेवा तयारी गर्नेहरुले न छुटाई पढ्नैपर्ने कुराहरु
कुनै पनि तहको पदमा लोकसेवा आयोगको प्रतियोगितामा संलग्न भै सफल हुनका लागि यी बिषयहरुमा राम्रो जानकारी राख्नु पर्दछ ।
 नेपालको संविधान
 निजामती सेवा ऐन, नियमावली
 सेवा सञ्चालनसंग सम्बन्धित नियमावली
 चालू आवधिक योजना÷दीर्घकालीन सोच
 परीक्षा दिने आर्थिक बर्षको संघीय बजेट बक्तव्य र आर्थिक सर्वेक्षण
 दिगो विकास लक्ष्य


संविधानले मुलुकको समग्र गन्तव्यसहितको राज्यइच्छा घोषणा गरेको हुन्छ, आवधिक योजनाले मुलुकको बास्तविकताको विश्लेषणका आधारामा खास अवधिको नीति, रणनीति र कार्यक्रम समेटेको हुन्छ, संघीय बजेटले आवधिक योजनाको उद्देश्य पूरा गर्न एक बर्षभित्र सम्पादन गरिने कामको प्राथमिकता र त्यसलाई आवश्यक हुने स्रोत विनियोजन गरेको हुन्छ । दिगो विकास लक्ष्यले सन् २०३० सम्मको विकासको मार्गचित्र नेपालको अवस्था उल्लेख गर्दछ भने निजामती सेवा ऐन र अन्य सेवासम्बन्धी कानूनले खास सेवाका पदको कार्य, आचरण, बृत्ति व्यवस्था जस्ता विषय समेटेको हुन्छ । यसर्थ माथि उल्लेख गरिएका कुराहरु नै सवै तहका प्रतियोगिता उत्तिर्ण गर्न चाहिने सन्दर्भ पुस्तक हुन् ।
साथै सहायक पदका लागि समसामियिक विषयको संक्षिप्त जानकारी र अधिकृत पदका लागि विस्तृत जानकारी आवश्यक हुने भएकाले सम्बन्धित क्षेत्रको विषयमा समसामयिक जानकारी रानु पर्दछ । यसले पस्थिथितिको बोधगम्यता बढाउछ ।
पढ्ने कसरी ?
प्रतियोगिता परीक्षा सफल हुन् पढ्ने रणनीति तयार गरेर त्यसै अनुरुप पढ्नु पर्दछ । पढ्दा निम्न कुरामा ध्यान दिनुपर्दछ ः
 विषय बस्तुको अवधारणा, सिद्धान्त र अर्थ खारेर पढ्ने ।
 ती सिद्धान्त, अवधारणालाई नेपालको कानून तथा नीतिले कसरी वर्णन गरेको छ, प्रष्ट हुने ।
 कानून तथा नीतिमा भएको व्यवस्थालाई व्यवहारमा कसरी उतारिएको छ ? कार्यान्वयनको व्यावहारिक पक्षको विवेचना गर्ने ।
 व्यवहारमा उतार्न नसकिएको वा स्थापित उदेश्य पुरा गर्न नसकिनुमा ९नसकिएको भए० कमजोरी कहा रह्यो ? खोतल्ने । कार्यान्वयन गर्न सकिएको भए अझै राम्रो गर्न लिनुपर्ने कदमको विचरण गर्ने ।
जस्तो कि निजामती सेवाको विषयमा पढ्नु छ भने सर्वप्रथम यसको अर्थ, अवधारणा, सिद्धान्त, विकास क्रम, यसका विशेषता, कार्य र महत्वका विषयमा प्रष्ट हुने ।
निजामती सेवालाई व्यवस्थित गर्न नेपालका कानूनहरु ९संविधान, निजामती सेवा ऐन, नियम, अन्य कानून० र नीति एवम् योजनामा उल्लेख गरिएका कुराहरुको राम्रो जानकारी राख्ने ।
निजामती सेवाले सम्पादन गर्नुपर्ने कार्यहरुका विषयमा ऐन, कानून र कार्यक्रम÷नीतिहरुमा उल्लेख भएका कुराहरु कसरी कार्यान्वयन भएका छन् भन्ने विषयमा बास्तविक जानकारी राख्ने ।
निजामती सेवाले सम्पादन गर्न नसकेका कामहरु ९जस्तो कि सेवा प्रवाह० किन त्यस अवस्थामा पुगेको होला ? के ले काम गर्न बाधा पु¥याएको छ ? स्रोत, सामग्री, क्षमता, मनोवल, कार्यसंस्कृति, कार्यवातावरण, के ले प्रभाव पारेको हो ? जानकारी राख्ने ।
कार्यसम्पादन गर्न वाधा पारेको कुरालाई कसरी फुकाउन सकिन्छ ? सैद्धान्तिक होइन, व्यावहारिक बाटो देखाउने । अघिल्ला चरणहरुमा गहन रुपमा ज्ञान राखेपछि सुझाव दिन सकिन्छ ।
पाठ्यक्रममा उल्लेख भएका हरेक विषयहरुमा यही संरचनामा रहेर पढ्ने गर्नु आवश्यक हुन्छ । यस प्रकारको तयारीले भोली सफल भैसकेपछि पनि काम गर्न एउटा अनुशासित ढाँचा देखाउछ र सफल बृत्तिसेवक बन्न सकिन्छ ।
छलफल र परामर्श कति आवश्यक ?
परीक्षा तयारीका क्रममा छलफल र परामर्श पनि आवश्यक हुनसक्छ, तर स्वअध्ययन र विवेचना जति होइन । छलफल अर्थपूर्ण भएमा त्यसले सहयोग नगर्ने कुरै भएन । तर विषयबस्तुको जानकारी राख्ने व्यक्ति, शिक्षक, विज्ञसंग मात्र छलफल र परामर्श राम्रो हो । सैद्धान्तिक ज्ञान र व्यवहारिक अनुभव दुवै भएका व्यक्तिहरुले परीक्षा सफल गराउन सहयोग गर्नसक्छन्, तर थोरै सैद्धान्तिक ज्ञान भएका, विषयबस्तु प्रति अपनत्व नराख्ने, आत्मविश्वास नभएका व्यक्तिहरुसंग सल्लाह, परामर्श र कक्षा लिदा विषयबस्तु चिर्न सहयोगभन्दा भ्रम पैदा हुनसक्छ । छलफल प्रत्युत्पादक हुनसक्छ । परीक्षाको तयारीमा रहेका सवै उम्मेदवारहरु यस प्रकारको जोखिमबाट पररहनु पर्दछ ।
फेरि पनि के भुल्नु हुदैन भने ज्ञान र अनुभव भएका एवम् विषयवस्तुको अपनत्व भएका व्यक्तिहरुबाट सल्लाह सहयोग लिए पनि परीक्षा सफलताको सवैभन्दा सहयोगी पात्र आफै हो । उसले केवल दिशावोध मात्र गर्ने हो । आफ्नो मिहेनत र लगाव भए शिक्षक एवम् विज्ञको सहयोग र परामर्शविना पनि परीक्षामा उम्दा बनेका धेरै उदाहरणहरु छन् । त्यसैले राम्रो शिक्षक पाइएन, राम्रो सहयोगी पाइएन भनेर निराश हुनु पर्दैन, जहा इच्छा त्यहा उपाय हुन्छ । गम्भीरतापूर्वक तयारी गरे सफल भइन्छ ।

अभ्यास गर्दै पढ्ने
प्रायः परीक्षा तयारी गर्ने उम्मेदवारहरु धेरै पढ्छन्, हौसिएर पढ्न, आत्तिएर पढ्छन् वा कण्ठ गरेर पढ्छन् । सजिलै सफलता हात पार्नका लागि अभ्यास गर्दै पढ्दै गर्नु राम्रो हो । कुनैपनि कुरा पद्दा संक्षिप्तमा लेख्दै पढ्दै गर्नाले लेखनको पनि अभ्यास हुने र पछि सम्झन पनि सजिलो हुने हुन्छ । त्यसैले पढ्दा, सुन्दा वा छलफल गर्दा कपि अघि राखेर, महत्वपूर्ण कुराहरु टिपोट गर्दै पढ्नु, छलफल गर्नु व्यवहारिक हुन्छ ।
प्रत्येक दिन कुनै एक विषयको प्रश्न बनाइ आफैले समय निर्धारण गरी आफैसंग नमूना परीक्षा दिनु निकै बुद्धीमानी हुन्छ । आफूले लेखेको विषयमा जानेका व्यक्तिहरुलाई देखाइ उनीहरुको पृष्ठपोषण लिनु राम्रो हुन्छ । त्यस्तो व्यक्ति फेला नपरे आफूले लेखेको प्रश्नोत्तर एक–दुई हप्तापछि आफै पढी आफनो कमजोरी के रहेछन् भनी पत्ता लगाउन सकिन्छ । त्यसपछि तपाई आफै सुधार गर्न सक्नुहुन्छ ।
हरेक विषयका चार पाँच प्रश्नहरु लेखन अभ्यास गरेमा विषयबस्तु पूरै खारिन्छ र परीक्षालाई सजिलै सामना गर्न सकिन्छ ।

लेखाईको ढाँचा
कलेज वा विद्यालयमा अपनाइएको लेखाइ शैली र ढाचाभन्दा प्रतिस्पर्धा परीक्षामा लेख्ने ढाँचा, शैली र संरचना केही फरक हुनसक्छ । लेखाइ अक्षरको अभिव्यक्तिमात्र होइन, भावना, विचार र तथ्यहरु अपनत्व हुने किसिमबाट प्रस्तुत गर्नु परीक्षाको लेखाई हो । लेखाइको संरचना हुन्छ, शैली हुन्छ र खास पदले सम्पादन गर्नुपर्ने जिम्मेवारीका आधारमा त्यो लेखाइ संक्षिप्त, विश्लेषणत्मक र विवेचनात्मक हुने गर्दछ । जे होस लेख्दा ज्ञान (जानकारी), तथ्य र अनुभवका आधारमा लेखिनु पर्दछ । यस सम्बन्धी विस्तृत पक्ष यसपछिको बुदा (परीक्षामा प्रस्तुत हुने तरिका) मा उल्लेख गरिएको छ ।

परीक्षामा प्रस्तुत हुने तरिका
 परीक्षामा प्रस्तुत हुने भनेको खास विषयको तयारी र रणनीतिका साथ प्रस्तुत हुने सीप र जागरुकता हो । सीमित समयसीमामा खोजिएको समाधानबाट नै सफलता हात लाग्नसक्छ । त्यसैले परीक्षामा प्रस्तुती हुँदा व्यवस्थित, तयारीकासाथ र संरचित रुपमा हुनुपर्दछ ।
 परीक्षा हलमा आत्मविश्वासका साथ प्रस्तुत हुनुहोस् । आत्मविश्वास नै सफलताको आधार हो । परीक्षा हलमा पुग्नु अघि आफूले कम बुझेको महशुस गर्नाले थप अध्ययन, अभ्यास गर्न सघाए पनि परीक्षा हलमा पुगेपछि आफू नजानेको नवुझेको जसरी होइन, दृढताका साथ प्रस्तुत हुनु पर्दछ । आत्मविश्वास भएन भने आउने कुरा पनि राम्ररी कपीमा उतार्न सकिन्न ।
 प्रतिस्पर्धा अरुसंग नभएर आफैसंग हो भन्ने सम्झनुहोस् । यसले आफू गहन रुपमा प्रस्तुत हुनका लागि सहयोग गर्दछ ।
 संयमित रुपमा प्रश्न पढ्नुहोस् । प्रश्नको सही वुझाईलै नै प्रस्तुतीको आधार दिन्छ । हलुका र संक्षिप्त रुपमा प्रश्न पढेर उत्तर लेख्न तम्सिनु हुदैन । प्रश्न राम्ररी पढेपछि नै प्रश्नको माग, गाम्भिर्यता र प्रश्नभित्र रहेका उपप्रश्नहरुको सम्बन्ध एवं त्यसको सन्दर्भलाई वुझ्न सकिन्छ ।
 प्रश्नले के कति भार ९अंक र समय० वोकेको छ रु सो स्पष्ट हुन आवश्यक छ । एउटै प्रश्नमा एकभन्दा बढी प्रश्नहरु गुजुल्टिएका हुन सक्छन् । सवै प्रश्न र उपप्रश्नमा निश्चित भार छ भन्ने वुझेर उत्तर दिनुपर्दछ ।
 कुनै प्रश्नलाई कम र कुनै प्रश्नलाई बढी महत्व दिएर समय विनियोजन गर्नु हुदैन । तपाईको सफलताका लागि सवै प्रश्न वरावर महत्वका छन् । कतिपय परीक्षाथीहरु केही प्रश्नलाई धेरै महत्व र समय दिएर प्रस्तुत हुने गर्दछन् जसले गर्दा सवै प्रश्नहरु हल गर्न भ्याइदैन । त्यसो गर्नु हुदैन ।
 प्रश्न पढीसकेपछि उत्तर दिने ढाँचा ९मेन्टल फ्रेम, मानसिक रुपमा० बनाउनु पर्दछ । त्यत्तिकै प्रस्तुत हुनु हुदैन । यस्तो ढाँचाले के के लेख्ने, कति लेख्नु पर्दछ भन्ने विषयमा अनुशासित बनाउछ ।
 उत्तर दिंदा सिलसिलावद्ध रुपमा दिनुपर्दछ । पहिला लेख्नुपर्ने कुरा पछि र पछि लेख्नुपर्ने कुरा पहिला लेख्नाले उत्तरको सदर्भसम्बन्ध ९क्लाइमेक्स लिंक० मात्र नहुने होइन, परीक्षकलाई प्रश्नमा तपाई प्रष्ट नभएको भान पनि पर्नसक्छ ।
 लेखाईका कुराहरु दोहो¥याउनु हुँदैन । दोहोरिएमा परीक्षार्थी प्रष्ट नभएको, संरचित नभएको भान पर्दछ र लेखाईको स्तरलाई कमजोर पार्दछ ।
 लेखाईको अभिव्यक्ति सरल र स्पष्ट हुनुपर्दछ । जटिल र क्लीष्ट अभिव्यक्तिले भन्न खोजिएको कुरा सम्प्रेषण नै हुदैन । सम्झनुहोस कि तपाई अरुलाई बुझाउदै हुनुहुन्छ, कसरी राम्ररी बुझाउने तपाईको जिम्मेवारी हो ।
 सामान्यतः प्रश्नहरु मौलिक, तर्कपूर्ण र विश्लेषणत्मक उत्तरको अपेक्षा गर्ने खालका हुन्छन् । यसर्थ सूत्रात्मक र साङ्केतिक रुपमा लेखानी÷प्रस्तुती जोखिमपूर्ण हुनसक्छ ।
 प्रश्नहरु समस्यामूक भएमा समस्याको रौचिरा विश्लेषण गरेर नै प्रस्तुत हुनुपर्दछ । त्यस अवस्थामा समस्या को हो पहिचान, समस्या आउनुको कारणको पहिचान, समस्या आउने वातावरणको पहिचान, समस्या विस्तार हुने अवस्था र यसले ढाक्ने क्षेत्रको पहिचान, समाधानका सम्भाव्य विकल्पको पहिचान, विकल्पको उपयुक्तता विश्लेषण र समाधानको प्रस्तुती दिनुपर्दछ ।
 समस्याहरु हल गर्दा आग्रही हुनुहुदैन । सामान्य, शिष्ट र तर्कपूर्ण प्रस्तुतीले नै परीक्षकको मन जित्न सकिन्छ ।
 प्रश्नलाई गहनातापूर्वक लिनुपर्दछ । सतही रुपमा होइन, लेखाई पनि शिष्ट, सरल र गहन हुनुपर्दछ । संरचनामा मात्र ध्यान दिएर विषयबस्तु भुल्नु हुदैन ।
 तिथिमिति, तथ्य र उद्धरण गर्नु हुन्छ भने सही रुपमा नै सोको उल्लेख गर्नुहोस । जस्ता ऐनको दफा, संविधानको धारा, खास मिति, कसैको परिभाषा आदि ।
 उत्तरलाई धेरै वोझिालो पनि बनाउनु हुदैन । त्यति आवश्यक नहुने चित्र, तालिका, डायग्राम आदि उल्लेख नगर्नु राम्रो हुन्छ ।
 लेखाईको शुरुमा प्रस्तुतीको गन्तव्य झल्का दिनुपर्दछ । सम्झनुहोस यो परिचात्मक पक्ष हो । त्यसैगरी अन्तमा सार का रुपमा उपसंहार गरेर विट मार्नु पर्दछ । बीचको भाग तथ्यपूर्ण विश्लेषणको हो ।
 सामान्यतः छोटो उत्तर प्रश्न प्रश्नमा विवेचनाभन्दा परिचयात्मकतालाई ध्यान दिनु पर्दछ ।
 हरेक प्रश्नमा तपाई अरुभन्दा गहन र मौलिक रुपमा प्रस्तुत हुने सोच राख्नुहोस र तयारी पनि त्यसरी नै गर्नुहोस ।
 उत्तर पुस्तिकामा कुनै सङ्केत, चिह्न र पहिचान वुझाउने शव्द, भाषा, चित्र वा यस्तै अन्य कुराहरु उल्लेख गर्नु हुदैन ।
 परीक्षामा प्रयोग गरिने भाषा नेपली, अंग्रेजी वा दुवै हुनेछ भनी लोकसेवा आयोगले निर्धारण गरेकोले तपाईले नेपाली, अंग्रेजी वा दुवै मिश्रित रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।
 एक प्रश्नको अंकभार कति हुन्छ, पाठ्यक्रममा नै उल्लेख गरिएको हुन्छ । ९जस्तो कि शाखा अधिकतका लागि १० अङ्कका १० प्रश्न सोधिन्छ । प्रत्येक पत्रमा ४० अङ्क नल्याइकन प्रतिस्पर्धामा सामेल हुन पाइदैन ।
 समयको आधारमा प्रयेक प्रश्नको उत्तरलाई समय विनियोजन गर्नुहोस् । परीक्षामा प्रस्तुत हुदा समयलाई ध्यान दिनु आवश्यक छ ।
 परीक्षा हलमा आत्तिएर होइन, संयमित रुपमा र सामान्य रुपमा रहनु पर्दछ ।

उपसंहार
लोकसेवाको प्रतियोगितामा भाग लिई सरकारी सेवालाई आफ्नो बृत्ति चयन गर्ने समस्त उम्मेदवारहरुले लोकसेवा आयोगले प्रकाशन गरेको बार्षिक कार्यतालिका देखि आफूलाई ब्यवस्थित रुपमा तयारी गरेर परीक्षा हलमा प्रस्तुत हुने गर्नाले नै सफलता आफ्ना हातमा पार्न सकिन्छ । व्यवस्थित रुपमा तयारी भएमा परीक्षामा सफल हुन सजिलो पर्दछ । परीक्षालाई जटिल र हाउगुझीका रुपमा लिनु हुदैन ।

प्रतिक्रिया दिनुहोस्