Hello NEw
नेपालको प्रशासनिक संरचना जनमैत्री बनाउन के कस्ता सुधार आवश्यक ठान्नु हुन्छ ? व्याख्या गर्नुहोस् –(१०)

नेपालको प्रशासनिक संरचनालाई सक्षम, सुदृढ, सेवामूलक, जनउत्तरदायी बनाउनु आजको आवश्यकता हो । प्रशासनले जनतालाई केन्द्रविन्दूमा राखेर सेवा प्रवाह गर्नु पर्दछ यो नै उसको पहिलो कर्तव्य हो । नेपालको प्रशासनिक संरचना अपेक्षित जनमैत्री नभएको गुनासाहरु छन् । अतः नेपालको प्रशासनिक संरचना जनमैत्री बनाउन निम्न सुधार आवश्यक छ ।
(क) संगठनको पुनसंरचना :
सेवाको आवश्यकता पहिचान (Need Identification) को आधारमा संगठनको पुनसंरचना (Organisation Re-Structure) गर्नुपर्दछ । सबै प्रान्त वा भौगोलिक क्षेत्रमा उस्तै कार्यालय आवश्यक पर्दैनन् ।
(ख) आवश्यक्तामा आधारित पद र कार्य जिम्मेवारी :
नागरिकहरुलाई के–कस्ता सेवा आवश्यक पर्छन र ती सेवा पु¥याउन के कस्तो योग्यता, दक्षता, क्षमता भएका कर्मचारी चाहिन्छन् सोही आधारमा पदहरुको वर्गिकरण र कार्य जिम्मेवारी दिनु पर्दछ ।
(ग) संस्थागत क्षमता अभिवृद्धि :
सार्वजनिक प्रशासनिक निकायहरुलाई प्रविधि मैत्री (Techno Friendly), श्रोत साधन युक्त (Well Equiped) बनाउनु पर्दछ । नियम–कानून कार्यविधिमा समय सापेक्ष सुधार गर्नुपर्दछ । Communication Networking को विकास गर्ने ।
(घ) क्षमता अभिवृद्धि :
सेवा प्रवाह गर्ने कर्मचारीलाई ज्ञान/सिप प्रदान गर्न तालीम/शिक्षा आवश्यक पर्दछ । Competent कर्मचारीले मात्र जनतालाई आवश्यक पर्ने सेवा प्रवाह गर्न सक्छ ।
(ङ) नागरिक संलग्नता (Public Engagement) :
सार्वजनिक निकायबाट प्रदान हुने सेवा वितरणमा नागरिक संलग्नताले सेवालाई पारदर्शी, जवाफदेही बनाउनुका साथै नागरिककै Ownership समेत बढ्दछ । जस्तो : औषधी वितरण, चामल वितरण, प्रकोपको समयमा राहत वितरण, खोप सेवामा संलग्नता, वन संरक्षण, सरसफाई, विकास निर्माणमा संलग्नता ।
(च) नागरिक मूल्याङ्कन प्रणाली :
कर्मचारीले गरेका कार्यको मुल्याङ्कन प्रणालीमा सेवाग्राहीको भूमिका अभिवृद्धि गर्नुपर्दछ । जस्तो Public Report Card, Client Survey आदि । यसबाट कर्मचारीलाई जनताप्रति प्रत्यक्ष जवाफदेही हुन कर लाग्दछ ।
(छ) प्रोत्साहन प्रणाली :
प्रशासनलाई जनमैत्री बनाउन कर्मचारीले गर्ने काम र दिने सेवाको आधारमा Performance Based Pay (PBP), Performance Based Incentives (PBI), Performance Based Allowencess (PBA), Performance Based Reward (PBR) लागु गर्नुपर्दछ ।
(ज) समन्वय/अन्तरसम्बन्ध :
प्रशासनिक संरचना बीचमा Communication Networking कायम गरी समन्वयात्मक ढंगबाट सेवा प्रवाह गर्ने र विकास निर्माणका कार्य गर्न सक्ने बनाउनु पर्दछ । यसबाट सेवा प्रभावकारिता बढ्नुका साथै Resource पनि कम खर्च हुन्छ ।
(झ) स्थानीय तहमा हस्तान्तरण :
नागरिक मैत्री प्रशासनको स्थापनाका लागि जनसेवा र विकासका कार्यहरु स्थानीय तहमा हस्तान्तरण गर्न आवश्यक हुन्छ । यसबाट जनताले छिटो र सजिलो ढंगबाट सेवा प्राप्त गर्न सक्दछन् ।
प्रशासनिक संरचनामा गरिने उपरोक्त सुधारमा नेपालको सार्वजनिक प्रशासनलाई जनमैत्री (People Friendly) बनाउन मद्दत पु¥याउन सकिन्छ ।
