Logo

Hello NEw

जापानी छात्रवृत्तिका लागि ५१ जना निजामती कर्मचारी मनोनयनमा




नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयले जापान सरकारद्धारा नेपाल सरकारका निजामती कर्मचारीहरुलाई जापानका विश्वविद्यालयमा विभिन्न विषयहरुमा स्नातकोत्तर/विद्यावारिधी अध्ययन गर्नका लागि प्रदान गरीने ‘The Project for Human Resource Development Scholarship by Japanese Grant Aid (JDS)’ का लागि मनोनयनमा परेका कर्मचारीहरुको नामवली सहितको सूचना प्रकाशन गरेको छ ।

निजामती सेवा ऐन २०४९ (संशोधन सहित) को दफा ४० ख (३) बमोजिम गठित समितिको ३२८ औं बैठकबाट जेडिएसमा सबै निकायले योग्यता पुगेका निजामती कर्मचारी मनोनयन गर्ने निर्णय बमोजिम मन्त्रालय तथा मातहातका निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीहरुबाट प्राप्त निवेदन अनुसार योग्यता पुगेकाहरुलाई उक्त छात्रवृत्ति कार्यक्रमको प्रतिस्पर्धामा सहभागी हुन पाउने गरी मनोनयनमा पारिएको छ ।

हेर्नुहोस् सूचना र नामवलीः

jds-nomination_0


प्रतिक्रिया दिनुहोस्