Hello NEw
जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेल सहित ६ जना विरुद्ध मुद्धा दर्ता

काठमाडौं, ६ कार्तिक- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यलय बाराका तत्कालीन शिक्षा अधिकारी धनप्रसाद पोखरेल सहित अन्य ६ जना विरुद्ध आरोप पत्र दायर गरेको छ । उनीहरुमाथि बाराको जनजागृति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई भौतिक निर्माणको लागि जिल्ला शिक्षा कार्यालय, बाराबाट प्राप्त रकमको निर्माण सम्पन्न कागजातहरू प्राप्त हुन नसकेको भन्ने उजुरीका आधारमा, अनुसन्धान पश्चात आरोप पत्र दायर भएको हो ।
उनीहरुमाथि प्राप्त पदीय अधिकार र दायित्व जिम्मेवारी पूर्ण तरिकाले पालन नगरेको, विद्यालय भवन निर्माण नहुँदै नापी किताव र कार्य सम्पन्न प्रतिवेदन विना नै निर्माणस्थलमा भएगरेको कार्यभन्दा एक लाख उनान्चालीस हजार भन्दा बढी भुक्तानी गरी नेपाल सरकारको रकम हिनामिना गरेको र गैरकानूनी लाभ वा हानी र्पुयाउने बदनियतले कार्य गरेको आरोप लगेको छ ।
आरोप लागेकाहरुमा धनप्रसाद सहित लेखापाल नवराज भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजमन प्रसाद यादव, निमित्त प्रधानाध्यापक राजकिशोर चौधरी, इन्जिनियर बसन्त निधि र सव इन्जिनियर दिलिपकुमार जैसवाल रहेका छन् ।
