Hello NEw
राजनीति र प्रशासनिक संरचना बीचको अन्तर सम्बन्ध र सीमाहरु उल्लेख गर्नुहोस् । (१०)

प्रश्न – राजनीति र प्रशासनिक संरचना बीचको अन्तर सम्बन्ध र सीमाहरु उल्लेख गर्नुहोस् । (५+५=१०)
राजनीति र प्रशासन एक अर्काका पुरक हुन् अर्थात एउटै रथका दुई पाङग्रा हुन् । एउटा पाङग्रा कमजोर भएमा रथ अघि बढ्न सक्दैन । दुवैको उद्देश्य राष्ट्रिय हितको अभिवृद्धि हो र नागरिकलाई सुखी राख्नु (Happiness of The People) दुवैको लक्ष्य पनि हो ।
अन्तरसम्बन्ध (Inter-Relationship) :
– राजनीतिले मूलतः नीति तर्जुमा गर्दछ । नीति तर्जुमामा सहयोग गर्दै प्रशासनले नीति कार्यान्वयन पनि गर्दछ । दुवैको सहकार्यले नीतिको सफल कार्यान्वयन भई राज्यलाई अग्रगमनमा लैजान सकिन्छ ।
– राजनीतिक क्षेत्रको विश्वास (Trust) अभिवृद्धि गर्न प्रशासनले सहयोग गर्छ । प्रशासनिक सेवा प्रभावकारी भएमा जनताको सरकार प्रतिको विश्वास बढ्दछ ।
– राजनीतिक निर्णय गर्न प्रशासनले Export Help गर्छ, Institutional Memory प्रदान गर्छ । यसबाट उचित निर्णय भई राजनीतिको लोकप्रियता बढ्दछ ।
– राजनीतिक क्षेत्रले बजेट, योजना पारित गर्दछ, प्रशासनले तीनको कार्यान्वयन गर्दछ । विकास निर्माणका कार्यमा राजनीतिको पनि चासो रहन्छ । राजनीतिक क्षेत्रले अनुगमन–मूल्याङ्कन पनि गर्दछ ।
– प्रशासनिक सुधारका Agenda मा राजनीतिक क्षेत्रको साथ आवश्यक पर्दछ । प्रशासनलाई कस्तो बनाउने भनि निर्धारण गर्ने नै राजनीतिले हो । प्रशासनिक क्षमता अभिवृद्धि गर्ने र्न राजनीतिक नेतृत्वबाट हो ।
– राजनीतिले नै प्रशासनलाई Executive Power दिन्छ । यसै अन्तरगत रहेर प्रशासनले आफ्नो कार्य सम्पादन गरेको हुन्छ ।
सीमाहरु (Limitations) :
उपरोक्त अन्तरसम्बन्ध रहेपनि राजनीति र प्रशासन बीचमा केही सीमाहरु पनि छन् । यी सीमाको पालनाले दुवैका सम्बन्धलाई मजबूत बनाउछन् भने उल्लघनले कमजोर ।
– राजनीति विधारधारा (Idology) अनुसार संचालित हुन्छ । प्रशासनले Idology follow गर्नु हुदैन । विचारधारा बोक्ने प्रशासनले निश्पक्ष (Impartial) सेवा दिनै सक्दैन ।
– राजनीतिको दैनिक काममा प्रशासनमा हस्तक्षेप गर्न हुँदैन । Policy Decision / Monitoring मात्र गर्ने हो ।
– प्रशासनले राजनीतिमा भाग लिन र राजनीतिक दल वा सरकारको आलोचना (Criticism) गर्न हुदैन ।
– सरकारले गरेका निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी प्रशासनको हो । यसलाई पन्छाउन (Avoid) गर्न पाइदैन ।
– राजनीति र प्रशासन दुवैले आफ्नो भूमिकालाई लिएर कुनै भनाई राख्न हुदैन ।
– राजनीतिको प्रशासन र प्रशासनको राजनीति प्रति कुनै द्यष्बकलभकक रहन हुदैन । यसले दुवैलाई Dis-functional बनाउछ ।
उपरोक्त सीमाहरुलाई अवलम्बन गर्दै राजनीति र प्रशासनले काम गरेको खण्डमा राष्ट्रिय स्वार्थ (National Interest) को प्रवद्र्धन, जनताको हित र उन्नतिमा सहयोग पुग्ने देखिन्छ ।
