Logo

Hello NEw

स्थानीय तहका लागि लोक सेवाले सिफारिस गर्ने कर्मचारी व्यवस्थापन जटील बन्दै



काठमाडौ ६ कार्तिक । स्थानीय तहका लागि विज्ञापन भएका पदमा पदपूर्ति नहुँदै रित्त पदमा स्थानीय तहले पदपूर्ति गरेपछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समस्यामा परेको छ ।

लोक सेवा आयोगले स्थानीय तहका लागि करिब ८ हजार कर्मचारीको विज्ञापन गरेर छनौट प्रक्रियामा लगेको छ । स्थानीय तहले भने लोक सेवा आयोगबाट कर्मचारी विज्ञापन गराएर पुन आफुखुशी अस्थायी तथा करार कर्मचारी भर्ना गरेपछि मन्त्रालय अप्ठ्यारोमा परेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुसँग लोक सेवा आयोगबाट विज्ञापन भएका पदहरु कति आवश्यक हो, त्यसको जवाफ पठाउन स्थानीय तहलाई परिचपत्र गरेको छ ।
स्थानीय तहहरुलाई परिपत्र गर्दै मन्त्रालयले स्थानीय तहबाट माग भइ विज्ञापन भएका पदहरुमा कर्मचारी सिफारिस भएर आउँदा कुन–कुन पदका कति कर्मचारी व्यवस्थापन गर्न सक्छौँ भन्ने प्रश्न गरेको हो ।

व्यवस्थापन गर्न नसकिने पदको कारण तीन दिनभित्र पठाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले तीन दिन भित्र विवरण नदिएमा माग बमोजिमका कर्मचारी माग गरेकै स्थानीय तहमा खटाउने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्