Hello NEw
सम्भावित सात प्रश्नहरु ! लोकसेवामा प्रश्नानुसारको यी विषयवस्तुलाई समेटेर लेख्नुहोस् ।

सार्वजनिक खरिद ऐनको विशेषताहरु लेख्नु भनेको प्रश्नमा कस्ता कुरा लेख्नुपर्छ ?
कुनै पनि ऐनको विशेषता लेख्दा त्यस ऐनले प्रस्तावनामा उल्लेख गरेका विषयहरु र ऐनका प्रमुख व्यवस्थाहरुकै आधारमा लेख्नु पर्ने हुन्छ । यसभित्र उद्देश्य, सिद्धान्त, मान्यता, विशिष्ट व्यवस्था, क्षेत्र, लक्षित वर्ग वा समुदाय, कार्यान्वयन संयन्त्र, विगतका यस्तै ऐनका तुलनामा वर्तमान ऐनमा भएका नयाँ र महत्वपूर्ण व्यवस्था आदि कुराहरुलाई समेट्न सकिन्छ ।
सामाजिक सुरक्षाका अंग अन्तर्गत के–के पर्दछन् ?
सामाजिक सुराक्षाका अंगमा सामाजिक सहायता, सामाजिक बीमा र श्रमबजार कार्यक्रम गरी तीनवटा विषयहरु पर्दछन । सामाजिक सहायतामा सरकारले विना योगदान निश्चित मापदण्ड पुरा गरेका व्यक्तिहरुलाई तोकिए अनुसारको सहायता प्रदान गर्दछ । सामाजिक बीमामा व्यक्तिको समेत योगदानका आधारमा वा सरकारले व्यक्तिको योगदान बिना नै अग्रिम रुपमा कोषको व्यवस्था गरेर परेको अवस्थामा त्यस्तो कोषबाट सुरक्षा उपलब्ध गराउँछ । त्यसैगरी श्रमबजार कार्यक्रम अन्तर्गत सरकारले सामाजिक सुरक्षाको सुनिश्चितता गर्न व्यक्तिलाई श्रम गर्न लगाई नगद हस्तान्तरण गर्ने व्यवस्था मिलाउने गर्दछ ।
प्रश्नको शिर्षकमाथि समिक्षा गर्नुहोस् भनेमा कसरी उत्तर लेख्न सकिन्छ ?
समीक्षा गर्नुहोस् भन्ने प्रश्नको उत्तर लेख्दा संवन्धित विषयका सम्बन्धमा विद्यमान व्यवस्थाको संक्षेपमा चर्चा गरी त्यसबाट प्राप्त उपलब्धी र त्यसमा रहेका कम्जोरी वा समस्याहरुलाई बुँदागत रुपमा लेख्नु पर्छ । समीक्षा गर्दा अलग्गै मागेको अवस्थामा बाहेक सुझाव दिइरहनु भने पर्दैन ।
वातावरण र विकासबीचको अन्तरसम्वन्ध प्रष्ट पार्नुहोस् ? यस प्रश्नको उत्तर लेख्दा कुनै कुरा नछुटाई कसरी लेख्न सकिन्छ ?
यो प्रश्नको उत्तर लेख्दा वातावरण र विकासलाई अलग अलग एक-एक वाक्यमा परिभाषित गरी यी दुबै विषय अन्तरसम्बन्धित छन भन्न देखाउन अर्को एक वाक्य लेखेर त्यस्ता अन्तरसम्बन्धलाई वातावरणले कसरी विकासमा प्रभाव पार्छ र विकासले वातावरणमा कसरी प्रभाव पार्छ भन्ने कुरालाई बुँदामा लेख्नु राम्रो हुन्छ । प्रभाव लेख्दा सकारात्मक र नकारात्मक दुबै खाले प्रभाव लेख्नु पर्ने हुन्छ ।
पारर्दशिता र सूचनाको हकबीच कुन चाही वृहत अवधारणा हो ? यी दुई बीचको समानता र भिन्नता कसरी लेख्न सकिन्छ ?
पारदर्शिता र सूचनको हक कुनै एक ठूलो र अर्को सानो विषय होइनन । तर यिनीहरु एक अर्कामा अन्योन्याश्रिम वा अन्तरसम्बन्धित विषय भने पक्कै हुन । अर्को तरिकाले भन्नु पर्दा पारदर्शिता परिणाल हो भने सूचनाको हक पारदर्शिता कायम गर्ने औजार हो । सूचनाको हकले पारदर्शिता प्रवद्र्धन गर्न मद्धत गर्छ भने पारदर्शिता कायम गर्न सके सूचनाको हक कार्यान्वयन गर्न सजिलो हुन्छ । यही अर्थमा आधारित भएर यी दुई बीचको भिन्नतालाई टेवलमा तुलनात्मक ढंगले प्रस्तुत गर्नु राम्रो हुन्छ ।
‘अबको शासन भनेको नै सुशासन हो’ । यस कथनलाई कसरी पुष्टि गर्न सकिन्छ ?
यस्तो कथनलाई पुष्टि गर्न सुशानको परिभाषा, विशेषता, विधि र महत्वलाई संक्षिप्त रुपमा लेखी वर्तमान विश्वमा शासन प्रणालीबाट अपेक्षा गरिएका उपलब्धीहरुको पहिचान गरेर सुशासनले त्यस्ता अपेक्षित उपलब्धी हाँसिल गर्न कसरी योगदान पुर्याउँछ भनी लेख्नु पर्ने हुन्छ ।
व्यवस्थापनको आधुनिक दृष्टिकोण भन्नाले के बुझिन्छ ?
व्यवस्थापनको आधुनिका दृष्टिोण भन्नाले सन् १९८० पछि विकास भएका व्यवस्थापनका नवीन अवधारणाले अघि सारेका मान्यता र सिद्धान्तहरुलाई बुभिन्छ । अर्थात नयाँ सार्वजनिक व्यवस्थापन, सरकारको पुनर्आविष्कार, नयाँ सार्वजनिक सेवा, नयाँ सार्वजनिक शासन जस्ता अवधारणाले अघि सारेका मान्यताहरुको प्रयोग नै व्यवस्थापनको आधुनिक दृष्टिकोण हो ।
