Hello NEw
दुई हजार घुस सहित कर्मचारी पक्राउ

काठमाडौं ७, कार्तिक– भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका कार्यालय सहयोगी अर्जुन कुमार मण्डल विरुद्ध आरोप पत्र दायर भएको छ । मण्डलले मोही जग्गाको बाँडफाँट सम्बन्धी मुद्दाको लगत कट्टा गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रिसवत माग गरेको भन्ने उजुरी परेको थियो । सोही सूचनाका आधारमा उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीसंग दुई हजार रुपंयाँ घुस लिदै गर्दा रकम सहित नियन्त्रणमा लिएको थियो ।
भ्रष्टचार गरेको स–प्रमाण पुष्टि भएको भन्दै उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को खण्ड (क) बमोजिम जरिवाना र कैद सजायको मागदाबी सहित आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो ।
