Hello NEw
संख्या कटौती गर्न संघमा पुन दरबन्दी सर्वेक्षण गरिदै
काठमाडौ ७ कार्तिक । सरकारले कर्मचारीको संघको दरबन्दी कटौती गर्ने तयारी गरेको छ ।
संघीयतामा अधिकाशं काम स्थानीय तह र प्रदेशमा गएपछि पनि संघमा आवश्यक भन्दा धेरै दरबन्दी राखेको भन्दै विरोध भएपछि दरबन्दी कटौतीको तयारी गरेको हो ।
संसदको राज्य व्यवस्था समितिले संघमा बढीमा ३० सम्म दरबन्दी कायम गर्न निर्देशन दिएको थियो । अहिले संघमा करिब ४८ हजार ९ सय दरबन्दी रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालको दरबन्दी संख्यामा करिब १० हजार दरबन्दी कटौती गर्ने लक्ष्य राखेको छ ।
तर संघका मन्त्रालयहरुले साविकको दरबन्दी संख्यामा थप हुने गरि नयाँ दरबन्दी प्रस्ताव गरेपछि सरकार अप्ठ्यारोमा परेको छ ।
दरबन्दी घटाउन मान्दैनन् संघीय निकायहरु
सामान्य प्रशासन मन्त्रालयले हरेक मन्त्रालयलाई घटाउन सकिने दरबन्दी संख्या पठाउन पत्रचार गरेकोमा अन्य मन्त्रालयहरुले विभिन्न कारण देखाएर एक हजारसम्म दरबन्दी थपको प्रस्ताव ल्याएका छन् ।
मन्त्रालयहरुको प्रस्ताव स्वीकार गरे संघमा कर्मचारी दरबन्दी करिब ६० हजार पुग्ने भएको छ । निकायहरुबाट दरबन्दी बढाउने दवाव र संसदले दरबन्दी घटाउन दवाव दिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय चेपुवामा परेको हो ।
