Logo

Hello NEw

जिल्ला प्रशासन कार्यालयमा पनि टोकनबाट सेवा




झापा, ७ कार्तिक- जिल्ला प्रशासन कार्यालय झापाले नागरिक सहायता कक्षको स्थापना गरी टोकनबाट सेवा प्रदान गर्न सुरु गरेको छ । मेचीनगर नगरपालिकाले तीन लाख रुपैयाँमा टोकन मेसिन खरीद गरेर जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको जनाएको थियो ।
यो सेवाबाट सेवाग्राहीले जिल्ला प्रशासनमा आएर अलमलमा पर्ने समस्याको अन्त्य हुने भएको छ । जिल्ला प्रशासनको ढोकामै स्थापना गरिएको नागरिक सहायता कक्षमा पिउने पानीको समेत व्यवस्था गरिएको छ । टोकन लिएर पालो पर्खंदा सेवाग्राहीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासनले टेलिभिजन र फ्रि वाइफाइकोसमेत व्यवस्था पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्