Hello NEw
मंसीर २५ गते, ७ सय भन्दा बढी अधिकृतका लागि विज्ञापन खुल्दै

काठमाडौ ८ कार्तिक । सरकारले यस बर्ष संघ अन्तरगत करिब ७ सय अधिकृतहरुको विज्ञापन सिफारिस गर्ने तयारी गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब ७ सय अधिकृतको विज्ञापन गर्नेगरि तयारी गरेको हो । तर कार्यालयहरुसँग रित्त दरबन्दी संख्या माग भइरहेकाले अनुमानित संख्यामा थोरै तलमाथी हुन सक्ने मन्त्रालयले जनाएको छ । ‘हामीले कार्यालयहरुबाट विवरण मागीरहेका छौँ, करिब ७ सय अधिकृतको माग हुन्छ भन्ने हाम्रो प्रारम्भिक बुझाइ छ, मन्त्रालयका एक अधिकारीले भने, मंसीरको पहिलो सातासम्म लोकसेवा आयोगलाई विवरण बुझाउँछौँ ।’
‘हामीले कार्यालयहरुबाट विवरण मागीरहेका छौँ, करिब ७ सय अधिकृतको माग हुन्छ भन्ने हाम्रो प्रारम्भिक बुझाइ छ, मन्त्रालयका एक अधिकारीले भने, मंसीरको पहिलो सातासम्म लोकसेवा आयोगलाई विवरण बुझाउँछौँ ।’
यसअघि उपसचिव र सहसचिवका लागि विज्ञापन भइसकेको छ । सहसचिव र उपसचिवका लागि भएको विज्ञापन संख्या पनि अहिलेसम्मकै ठूलो संख्या हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकृत तर्फपनि ठूलो संख्याको माग हुन सक्ने बताएको छ ।
कर्मचारी समायोजनका कारण गत बर्ष सरकारले नयाँ विज्ञापनका लागि सिफारिस गरेको थिएन । समायोजनमा पुराना, जेष्ठ कर्मचारीलाई संघ अन्तरगत समायोजनको अवसर दिदा अनिवार्य अवकाश नजिकै रहेका धेरै कर्मचारी संघमा परेका थिए । त्यसैले पनि ठूलो संख्यामा रित्त दरबन्दीको संख्या आउन सक्ने मन्त्रालयको अनुमान छ ।
मंसीर २५ गते विज्ञापन खुल्दै
लोकसेवा आयोगले आफ्नो बार्षिक क्यालेण्डर अनुसार मंसीर अन्तिम साताको बुधबार प्रशासन तर्फको अधिकृतको विज्ञापन गर्दैछ । आयोगले क्यालेण्डर अनुसार विज्ञापनका लागि आयोग तयार रहेको र मन्त्रालयसँग समन्वय पनि भइरहेको जनाएको छ । यस्तै आयोगले कार्तिकको अन्तिम साताको बुधबार प्राविधिक तर्फको अधिकृतको विज्ञापन गर्ने तयारी गरिरहेको जनाएको छ ।
