Logo

Hello NEw

राष्ट्र बैंकले माग्यो ६७ जना कर्मचारी




काठमाडौं, ८ कार्तिक । नेपाल राष्ट्र बैंकले कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको छ । बैंकले आज सूचना जारी गर्दै तीन वटा पदमा ६७ जना कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले अधिकृत तृतीय स्तरको सहायक निर्देशक पदमा २८ जना, अधिकृत तृतीय स्तरकै लेखापरीक्षणतर्फ ८ जना र सहायक द्धितीय पदका लागि ३१ जना कर्मचारी माग गरेको छ ।

सहायक निर्देशक पदका लागि अर्थशास्त्र वा वाणिज्यशास्त्र वा व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकोले मात्र आवेदन दिन पाउने व्यवस्था गरेको छ । त्यस्तै लेखापरीक्षण तर्फको पदका लागि सिए उत्तीर्ण गरि स्नातकोत्तर गरेको हुनुपर्ने योग्यता तोकिएको छ भने सहायक द्वितीय स्तरको पदका लागि प्लस टु वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

योग्यता पुगेकाहरुले नेपाल राष्ट्र बैंकको वेवसाइटमा गएर अनलाइन मार्फत आवदेन दिन सक्ने छन् । आवेदन शुक्रवारदेखि कार्त्ितक २८ सम्म सिंगल दस्तुर र मंसिर ५ गतेसम्म दोब्बर दस्तुर तिरेर दिन सकिनेछ ।

विज्ञापन हेर्नुहोस्ः

Open-Vaccancy


प्रतिक्रिया दिनुहोस्