Hello NEw
यी कुराहरुमा पाइन्छ स्वास्थ्यका लागि जरुरी भिटामिन र खनिजहरु
निजामती खबर – कपर दिमागका लागि एकदमै जरुरी हुन्छ । हामीले खाने च्याउ, केराउको गेडामा कपर पाइन्छ ।
दिमागको तागत बढाउन आइरन पनि जरुरी छ । यो हामी बदाम, दाल, हरियो सब्जी र गेडागुडीबाट प्राप्त गर्न सक्छौ ।
क्याल्सिसमले दिमागलाई तन्दुस्त राख्छः क्याल्सियम, अन्डा दुध दालमा पाइन्छ ।

म्यागनेसियमले दिमागलाई शक्तिशाली बनाउछ । यो हरियो सब्जी, अन्डा, सोयबिन र दुधमा पाइन्छ ।
फ्लोराइडले दिमागको सोच्ने र स्मरण गर्ने क्षमता बढाउँछ । फलोराईड सोयबिन, पानी, चिया कफी लगायतमा पाइन्छ ।
सेलेनियमको सेवनले दिमागलाई ताजा बनाउँछ । यसको आपूर्ती दुध, पनिर दही, हरियो तरिकारीको नियमति सेबनबाट गर्न सकिन्छ ।
केरा र सुन्तालामा पोटासियमा प्रचुर हुने भएकोले यसको नियमति सेवनले दिमाग तेज हुन्छ ।
जिंकको कमि हामीले अन्न, गेडागुडी दालबाट पूर्ति गर्न सक्छौं ।
भिटामिन बी दिमागलाई अति जरुर हुन्छ । अंकुर निस्केका गेडागुडी, हरियो सब्जी र बदामबाट प्राप्त गर्न सकिन्छ ।
भिटामिन बी २ दुध, पनिर, हरियो तरकारी र टमाटर तथा खुुर्सानीबाट प्राप्त गर्न सकिन्छ । गेडागुडी, सुकेको अनाज, आलु फलफूलमा भिटामिन बी ६ हुन्छ जसले हाम्रो दिमाग स्वस्थ बनाउछ ।
दुध दही पनिरको पर्याप्त सेवन गर्दा भिटामिन बी १२ पाइन्छ ।
भिटामिन सी मस्तिकलाई स्वस्थ राख्छ । स्टबेरी, निम्बु, सलगम, टमाटर, स्टबेरी, अमला बन्दागोपी र हरियो पात भएको सब्जीबाट पाउन सकिन्छ ।
भिटामिन ई ले दिमागलाई तागत दिन्छ । टमाटर सुकेका फल, दाल, अनाज, पालकको सागमा भिटामिन ई लिन सकिन्छ ।
