Hello NEw
कोल्ड ड्रिङ्क्स पिउने गर्नु हुन्छ ? पिएकाे एक घन्टा पछि शरिरमा के हुन्छ ?

इंगल्याण्डका एक चिकित्सा विशेषज्ञ निरज नाइकले एक अध्ययनमा कोकलगायतका कोल्ड ड्रिंक्स पिएपछि एक घन्टासम्म शरीरमा कस्ता असर देखिन्छ पत्ता लगाएका छन्।
१. कोल्ड ड्रिंक्सको २०० मिलीलिटरको बोतलमा लगभग १० चम्चा चिनी हुन्छ । जुन सामान्य रुपमा एक व्यक्तिको दिनभरको खाना बराबर हुन्छ । जसले गर्दा रगतमा चिनीको मात्रा बढ्दै जान्छ ।
२. कोल्ड ड्रिंक्स पिएको ४५ मिनेटसम्म शरिर तथा दिमागमा उत्पादन हुने डोपामाइनको कारण मस्तिष्कमा आनन्द महशुस हुन थाल्छ ।
३. ५० मिनेटपछि आमाशयमा क्याल्सियम, म्याग्नेसियम र जिंक जम्मा हुन थाल्छ भने पिसाबमा क्याल्सियमको मात्रा बढ्दै जान्छ ।
४. ४५ मिनेटपछि हड्डीको लागी आवश्यक क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम लगायतका तत्वहरु पिसाबसंगै बाहिर निक्लिन्छन् ।
५. चिसो पेय पदार्थ पिएको १ घण्टापछि शरिरमा भएको तरल पदार्थ, मिनरल्स तथा पौष्टिक तत्वको मात्रा सकिएपछि हिडाइड्रेसन हुन थाल्छ । शरिरमा पानीको मात्रा कमी हुन थाल्दछ।
६. कोक तथा अन्य कोल्ड ड्रिंक्समा चिनीको मात्रा बढि हुने भएकोले शरिरमा क्यालोरि बढ्दै जान्छ र मोटोपन बढ्छ । विशेष गरी मधुमेह विरामीको लागि यस्ता पेय पदार्थ नखादाँ नै उचित हुन्छ।
७. यसमा सामान्य पानीको तुलनामा कैयौ गुना बढि अम्लिय गुण हुन्छ । जसको कारण ग्याट्रिकको समस्या बढ्छ । अत्याधिक मात्रामा कोक पिउनाले अल्सरको सम्भावना समेत बढ्दै जान्छ ।
८. यस्ता पेय पदार्थमा कार्वनडाईअक्साइड प्रयोग गरिएको हुन्छ । जसको कारण स्वास्थ्यमा नकारात्मक असर पर्दै जान्छ ।
कोल्ड ड्रिङ्क्स को सट्टा मही पिउनुहोस्, यस्ता छन् फाइदा

शहरी क्षेत्रमा महीको महत्व थाहा हुँदैन । दही–महीभन्दा पनि बजारमा पाइने चिसो पेय पदार्थमा मानिसहरूको आकर्षण बढ्दो पाइन्छ ।
बजारमा पाइने चीसो पेय पदार्थले मानव स्वास्थ्यलाई पाइदा पुर्याउँदैन भन्ने जान्दाजान्दै पनि मानिसहरु खान छाड्दैनन् । गर्मी मौसममा आमाबाबुले बालबालिकालाई चिसो पेय पदार्थ दिने गर्छन् ।
यसले बालबालिकाको स्वास्थ्यमा धेरै असर गर्छ । कोक, फेन्टालगायतका पेय पदार्थले त असर गर्छ नै, बट्टामा राखिएका फलफूलको जुसले पनि धेरै असर गर्ने चिकित्सकहरू बताउँछन् ।
तर बजारमा पाइने पेय पदार्थ भन्दा मही खानु निकै उत्तम हो । अझ गर्मीयाममा मही खानु स्वास्थ्यका लागि लाभदायक हुने चिकित्सकहरू बताउँछन् ।
मही खानुका फाइदाहरू यस्ता छन्-
गर्मी याममा शरीरमा आलस्यता आउँछ। महीको सेवनले शरीरमा स्फूर्ति बढ्नुको साथै पानीको मात्रा पनि आपूर्ति गर्ने गर्छ ।
महीले गर्मी याममा शीतलता प्रदान गर्नुका साथै गर्भवतीका लागि मही अति नै उपयोगी मानिन्छ।
महीमा पाइने ‘प्रोबायोटिक’ले गर्भावस्थामा आमा र बच्चाको स्वास्थ्य ठीक बनाउन सहयोग गर्छ।
महीमा पर्याप्त मात्रामा क्याल्सियम पाइने भएकोले कब्जियत हुनबाट जोगाउँछ।
भुटेको जिराको साथमा मही खाँदा पाचन प्रणाली ठीक राख्न मद्दत गर्छ।
मोटोपना अधिक हुँदा महीमा नुन मिलाएर पिउनु शरीरका लागि फाइदाजनक हुन्छ।
साँझबिहान महीको सेवन गर्दा स्मरण शक्ति तेज हुन्छ।
पटकपटक बाडुल्की लाग्ने समस्या भए महीमा एक चम्चा अदुवाको रस मिलाएर सेवन गर्नु लाभदायक हुन्छ।
शरीरको पोलेको भागमा तुरुन्त मही लगाउँदा आराम मिल्छ।
महीमा पिठो मिलाएर तयार गरिएको लेप लगाउँदा छालाको चाउरीपना कम हुन्छ।
गुलाबको जरालाई महीमा पिसेर अनुहारमा लगाउँदा डन्डीफोर हराउँछ।
कोल्ड ड्रिङ्क्स देखी सावधान ! देखा पर्न सक्नेछन् यस्ता समस्याहरू

पछिल्लो पुस्तामा कोल्ड ड्रिंक्सको आदत अलि बढी नै छ । तर, यस्ता सोडायुक्त ड्रिंक्सको अधिक सेवन हड्डीका लागि खतरनाक हुन सक्छ । अध्ययनहरुले देखाएका छन् कि सोडा ड्रिंक्समा हुने फस्फोरसले हड्डीलाई नराम्रो असर गर्छ ।
जानकारहरुको भनाइमा पछिल्लो समय हड्डीका समस्या बढ्दै जानुमा मानिसमा दूधको सट्टा सोडायुक्त ड्रिंक्स पिउने आदत बस्नु एक मुख्य कारण हो । उसो त चिया या कफीको अधिक सेवन पनि हड्डीका लागि राम्रो होइन । चिया, कफीमा हुने क्याफिनले पनि हड्डीमा क्याल्सियमको मात्रा घटाउँछ, जसले हड्डीलाई कमजोर बनाउँछ ।
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो ।
